IME Life

ईसेवाले ल्यायो मोबाइल एप्सबाटै जीवन बीमा गर्ने सुविधा

SPIL
NIC ASIA

काठमाडौं । विद्युतीय भुक्तानी सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु-याएको ईसेवाले मोबाइल एप्सबाटै जीवन बीमालेख बिक्री सेवा शुरु गरेको छ । ईसेवाले सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमालेख ईसेवा एप्समार्फत् बिक्री शुरु गरेको हो । ईसेवा एप्सभित्र बाई लाईफ इन्स्योरेन्स भन्ने विकल्पमा थिच्दा बीमालेख खरिद गर्ने सुविधा उपलब्ध हुन्छ ।

परिक्षणकोरुपमा हाल सन नेपाल लाईफको सावधिक जीवन बीमा योजनालाई राखिएको छ । यसमा अधिकत्तम पाँच लाख रुपैयाँसम्मको बीमांक राशीको बीमालेख खरिद गर्न सकिने सुविधा उपलब्ध रहेको छ ।

Prabhu
Crest

बीमा गर्न ईच्छुकले ईसेवा एप्समा बीमितको नाम,थर,ठेगाना,जन्ममितिलगायतको व्यक्तिगत विवरण प्रविष्ट गरेर बीमालेख खरिदको लागी आवेदन दर्ता गर्न र प्रथम बीमाशुल्कवापतको रकम भुक्तानी समेत गर्न सक्ने सुविधा रहेको छ । चाँडै नै अन्य जीवन बीमालेखहरु समेत ईसेवामार्फत् बिक्री शुरु गर्ने तयारी भइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS