IME Life

रिभर फल्सको आइपीओ बाँडफाँड, भाग्यमानी २ लाख ५३ हजार ८ सय ९० जनाले पाए १० कित्ता

SPIL
NIC ASIA

काठमाडौं । रिभर फल्स पावरले निष्काशन गरेको आआइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज सोमबार आइपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आइपीओमा कुल १८ लाख ५९ हजार २ सय ४२ जना बाट २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताको आवेदन परेको थियो । जसमध्ये ४९ हजार ९ सय ८३ जनाको आवेदन रद्द भएको छ । यस हिसाबमा १८ लाख ९ हजार २ सय ५९ जनाको आवेदन सदर भई शेयर पाउनको लागि योग्य भएका छन् ।

आइपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १८ लाख ९ हजार ५९ जना आवेदकलाई समावेश गराएर गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको छ । यसबाट २ लाख ५३ हजार ८ सय ९० आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएकामध्ये १६ लाख ५ हजार ३ सय ५२ जना आवेदक हात खाली भएका छन् ।

Prabhu
Crest

कम्पनीले बैशाख २८ गते देखि जेठ ४ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।

कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS