IME Life

काठमाडौंको भृकुटीमण्डपमा ‘प्लाष्ट नेपाल २०२२’ आयोजना हुने

SPIL
NIC ASIA

काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनद्धारा ‘प्लाष्ट नेपाल २०२२’ नामक प्लाष्टिक प्रदर्शनी आयोजना गर्ने भएको छ । फाउण्डेसनले यहि जेष्ठ १२, १३ र १४ गते काठमाण्डौंको भृकुटी मण्डपस्थित उक्त प्रदर्शनी गर्न लागिएको हो । यस फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी तेस्रो संस्करणको प्रदर्शनी हो । यस अघि फाउण्डेसनले २०७१ मा पहिलो र दोस्रो संस्करणको प्रदर्शनी २०७५ मा सम्पन्न गरेको थियो ।

अब हुन लागेको तेस्रो संस्करणको यस प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देश गरि करिब ५ हजार वटा प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिव १० हजार उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिने छन् ।

Prabhu
Crest

प्लाष्ट नेपाल फाउण्डेशनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ । प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो, र हामीले नेपालमा प्लाष्टिकको दिगो वृद्घिको लागि निरन्तर काम गरिरहेका छौँ । नेपाली उत्पादनलाई प्राथमिकता दिने देखि, प्लाष्टिकको पुन प्रयोग गर्ने र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरु सँग मिलेर काम गरिरहेको छ ।

नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS