IME Life

भोलिदेखि अपर हेवाखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि जेठ १० गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो । स्थानीयमा कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आइपीओमा छिटोमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

केयर रेटिङ नेपाले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । कम्पनीको आइपीओ विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले विक्री प्रबन्धकसँगै स्थानीयले प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS