IME Life

जीवन बीमा कम्पनी छनोट गर्नु अगाडी यस्ता कुराहरुमा ध्यान दिनुहोस्

SPIL
NIC ASIA

काठमाडौं । बीमितले जीवन बीमा गर्नु अगाडी आफुले बीमा गर्नु अगाडी कम्पनी छनोटमा ध्यान दिन पर्छ । बीमा समितिले सञ्चालन अनुमति दिने भएका कुनै पनि कम्पनी बीमा गर्नका लागि अयोग्य छन् भन्न भने मिल्दैन । बीमा गर्नका लागि सबै कम्पनी योग्य हुन्छन् तर बीमितले बीमा गर्न अगाडी बीमा कम्पनीको छनोट गर्दा केहि कुराहरुलाई भने अवस्य हेर्नु पर्छ ।

बीमा योजना
जीवन बीमा कम्पनीहरूले आ-आफ्नै किसिमका बीमालेख र सुविधाहरूको विकल्पहरु प्रस्ताव गर्छन् । त्यसैले सबैभन्दा पहिला आफ्नो आवश्यकताहरू पूरा गर्ने बीमा पोलिसी तथा सुविधाहरू प्रदान गर्ने कम्पनीलाई छनौट गर्नुपर्दछ । आफुले चाहेको जोखिम बहन गर्न सक्ने र बीमा शुल्क भुक्तानी गर्न सकिने पोलिसी खरिद गर्नका लागि सम्पुर्ण बीमा कम्पनीहरुको पोलिसीलाई अध्ययन गर्नु पर्छ ।

Prabhu
Crest

पहिचान
बीमितले बीमा गर्नु अगाडी बीमा कम्पनीको पहिचान गर्नु पर्छ । कतिपय कम्पनीहरुको नाम उस्तै सुनिन्छ । त्यसैले कम्पनीको पहिचान गर्न सक्नु पर्छ । आफुले बीमा गर्न खोजिरहेको कम्पनीको नाम, लोगो, कार्यालय ठेगानाको राम्रो जानकारी लिनु पर्छ । कतिपय बीमितले बीमा गरिसके पछि पनि आफुले कुन कम्पनीमा बीमा गरेको छु भन्ने पनि थाहा नपाइरहेका हुन्छन् । त्यसैले कम्पनीको पहिचान गर्नु पर्छ र सो कम्पनीका सूचनाहरु लिइरहनु पर्छ ।

वित्तीय दृढता
जीवन बीमा एक दीर्घकालीन व्यवस्था हो । निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंक खाताहरूमा जम्मा भएको निक्षेपको लागि प्रदान गरिएको जस्तै जीवन बीमाका बीमितहरुको लागी सुरक्षाको कुनै प्रत्याभूती गरिएको छैन । तर प्रत्येक वर्ष नाफामा रहेको नियमितरुपमा बोनश वितरण गरेको सन्चालन खर्च नियन्त्रित रहेको सुरक्षित लगानी रहेको कम्पनी चयन गर्नु पर्छ ।

बजार नैतिकता
जीवन बीमा योजनाको विशेषताबारे सही जानकारी दिने अभिकर्ताहरुले काम गर्ने कम्पनी रोज्नु पर्छ । आफूलाई प्राप्त जानकारी सही वा गलत हो भन्ने यकीन गर्न सम्बन्धित कम्पनीको प्रधान कार्यालयमा टेलिफोन सम्पर्क गरेर वा जीवन बीमा कम्पनीको फेसबुक पेजमार्फत् आफ्ना जिज्ञासाहरु राखेर सम्पूर्ण जानकारी लिन सकिन्छ ।

सल्लाह र सेवा  
धेरै व्यक्तिहरूको लागि, जीवन बीमा एक नौलो, जटिल विषय हो । तपाइँले पहिले देखि नै चिनेका तपाइकै समाजमा बस्ने  तपाइँका आवश्यकता बुझ्ने अभिकर्तासँग परामर्श लिन सहज हुन्छ । यो जीवन बीमा कम्पनीको छनोटसँग जोडिएको हुन सक्छ किनभने केही अभिकर्ताहरु लामो समयदेखि एउटै जीवन बीमा कम्पनीमा काम गरिरहेका हुन्छन् ।

बीमा दाबी भुक्तानीको अवस्था
जीवन बिमा कम्पनीले समयमै दाबी भुक्तानी गरिरहेको छ की छैन । वा आफुले रोज्न लागेको कम्पनीले दाबी वापतको ठूलो रकम लामो समयदेखि भुक्तानी गर्न बाँकी छ कि केछ भन्ने विषयमा जानकारी लिनुपर्छ । जीवन बीमा कम्पनीको त्रैमासिक वित्तीय विवरणमा भुक्तानी हुन दाबी रकम र दाबी वापतको व्यवस्था शिर्षकमा रकम उल्लेख गरेको हुन्छ । साथै, तपाईंले बीमा समितिमा समेत टेलिफोन मार्फत् वा इमेल गरेर वा पत्राचार गरेर बीमा दाबी सम्बन्धमा कुन कुन कम्पनी विरुद्ध कति रकम र कतिवटा उजुरी परेको छ भन्ने जानकारी माग्न पर्छ ।

बीमाशुल्क र लागत
बीमाशुल्क भनेको बीमितले बीमा कम्पनीलाई जीवन बीमा सम्झौताको लागि यसका फाइदाहरू वापत एकमुष्ठ वा किस्ताबन्दीमा तिरेको रकम हो । मृत्यु लाभ तथा बीमाको प्रकृतिका अनुसार बीमा शुल्क फरक फरक पर्छ । यसरी उस्तै पोलिसी अन्य कम्पनीमा खरिद गर्दा कति लाग्छ साथै उक्त पोलिसीले हिजोका दिनमा के कस्तो बोनस दिइरहेको छ भन्ने कुरालाई अध्ययन गर्नु पर्छ । समान पोलिसी एउटा कम्पनीमा खरिद गर्दा प्रिमियम पनि कम पर्न जान्छ साथै प्रतिफल पनि धेरै पाइन्छ । तुलनात्मक रुपमा मूल्याङ्कन गरेर पोलिसी खरिद गर्दा भविष्यमा उचित प्रतिफल पाउन सकिन्छ । अर्को तर्फ पोलिसीको लागत बीमितको उमेर, बीमालेख र बीमा लेखमा रहेको सुविधा अनुसार फरक फरक पर्न जान्छ । यसलाई नजर अन्दाज लगाउनु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS