डिप्रोक्स लघुवित्तको संस्थापक शेयर विक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि २० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी आजदेखि उक्त शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको मितिभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार