IME Life

जेठमा टार्गेट पुरा गर्ने नेपाल लाइफका अभिकर्ताले हेलिकप्टरबाट गोसाइकुण्ड दर्शन गर्न पाउने

SPIL
NIC ASIA

काठमाडौं । जेठ महिनामा टार्गेट पुरा गर्ने अभिकर्तालाई नेपाल लाइफले हेलिकप्टबाट गोसाइकुण्ड दर्शन गराउने भएको छ । यसका लागि अभिकर्ताले जेठ महिनामा कम्तिमा पनि १२ लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नु पर्नेछ । त्यस्तै प्रत्येक थप १२ लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा थप एक जनालाई गोसाईकुण्ड दर्शन गराइने कम्पनीले जनाएको छ ।

यो सुविधा जेठ ३ गतेदेखि जेठ ३१ गतेसम्म लागु हुनेछ । कम्पनीमा कार्यरत अभिकर्ताहरुले आफ्नो अभिकर्ता कोडमा आर्जन गरेको प्रथम बीमा शुल्कका आधारमा थप इन्सेटिभ पाउने कम्पनीले जनाएको छ । जेठ महिनामा ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले कमिशन बाहेक थप ५०० रुपैयाँ इन्सेन्टिभ प्राप्न गर्ने छन् । त्यस्तै ७५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले एक हजार रुपैयाँ, एक लाख रुपैयाँ आर्जन गर्नेले १५ सय रुपैयाँ, एक लाख ५० हजार रुपैयाँ आर्जन गर्नेले २६२५ रुपैयाँ, २ लाख रुपैयाँ आर्जन गर्नले ४ हजार रुपैयाँ र २ लाख भन्दा माथि प्रत्येक थप एक लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नले थप २५ रुपैयाँका दरले इन्सेन्टिभ पाउने छन् ।

Prabhu
Crest

यस योजनामा संस्थागत अभिकर्तालाई समावेश नगराइने कम्पनीले जनाएको छ । नगद इन्सेन्टिभ रकममा निमय अनुसार १५ प्रतिशत कर कट्टी हुनेछ । नगद इन्सेन्टिभ योजनामा एक बीमा शुल्क बापत दिइएको प्रिमियमको भार ५० प्रतिशत गणना गर्नेछ ।

गोसाईकुण्ड योजनामा योग्य भएका अभिकर्ताहरु भ्रमण शुरु हुने स्थान काठमाडौंमा आफ्नै खर्चमा पुग्नु पर्ने कम्पनीले जनाएको छ । यस योजनामा म्यादी जीवन बीमा बापत दिइएको प्रिमियम गणना हुने छैन ।

कम्पनीमा कार्यरत अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको क्षमता अभिबृद्धि गरी उनिहरुको व्यवसाय तर्फ थप प्रवर्द्धन गर्नका लागि ख्याति प्राप्त मोटिभेस्नल ट्रेनर सोनु शर्मा सँग २ रात तीन दिनको सेल्स इन्टेन्सिभ रेसिडेन्टल ट्रेनिङ आयोजना गर्ने भएको छ । तोकिएको टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई मात्रै यस कार्यक्रममा सहभागी गराइने कम्पनीले जनाएको छ ।

कम्पनीले गत बैशाख १३ गतेदेखि असार ३२ गतेसम्ममा आफ्नै कोडबाट २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्ने अभिकर्ताहरुले उक्त कार्यक्रममा सहभागिता जनाउने पाउने छन् । त्यस्तै एजेन्सी म्यानेजरको हकमा भने आफ्नै कोडबाट ५ लाख २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन हुनु पर्नेछ । यस कार्यक्रममा २०० जनालाई सहभागि गराइने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS