IME Life

नेपाल इन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ कर्पोरेट भवनको शुभ साईतमा शिलान्यास भएको छ । कम्पनीको स्वामित्वमा रहेको काठमाण्डौं महानगरपालिका वडा नं २८ कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गईरहेको उक्त भवन बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको स्वामित्वमा तत्कालिन (राणा कालिन) कानुन बमोजिम बि.स. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडको नाममा स्थापना भई उद्योग परिषदबाट समेत बि.स. २००६ सालमा इजाजत प्राप्त यो कम्पनी बि.स.२०१६ सालमा नाम परिवर्तन भई नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड र बि.स. २०४८ सालमा नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा परिणत भई, बिगत ७५ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै सुनौलो पहिचान, शाख र प्रतिष्ठा कायम राख्दै विश्वाशीलो र भरपर्दो कम्पनीको रुपमा बीमाका नविनतम सेवाहरु सहित बीमितहरुको सेवा र सन्तुष्टिलाई ध्यान दिई बीमा व्यावसाय प्रवद्र्धन गर्ने कार्यलाई निरन्तरता प्रदान गर्दै आएको छ ।

Prabhu
Crest

कम्पनीको काठमाण्डौं महानगरपालिका न्यूरोड र पर्सा स्थित बिरगन्जमा आफ्नै भवनमा कार्यालय संचालनमा रहेकोमा बिराटनगर तथा नारायणगढमा रहेका जग्गामा समेत आफ्नै भवन बनाउने कम्पनीको योजना रहेको छ ।

कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय समेत ५९ वटा शाखा/उपशाखा/सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको शाखा संजाललाई बिस्तार गरि देशको ग्रामिण स्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पु-याउने अठोटका साथ नियमनकारी निकायहरुको निर्देशन तथा बीमकको संस्थागत सुशासनहरुको पालन गरि लक्ष्य अनुसार नै अगाडी बढि रहेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS