IME Life

दुई पुनर्बीमा कम्पनीलाई बराबरी डाइरेक्टसेसन, ५ वर्षमा सून्यमा झार्ने बीमा समितिको निर्णय

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीलाई दिदै आएको २० प्रतिशतको डाइरेक्ससेन (प्रत्यक्ष हिस्सा) स्वदेशी दुई पुनर्बीमा कम्पनीलाई बाँडिदिएको छ । नेपाल पुनर्बीमाले विगत ५/७ वर्षदेखि बीमा कम्पनीहरुबाट प्रत्यक्ष रुपमा २० प्रतिशत व्यवसाय पाउदै आएको थियो ।

अव नेपाल पुनर्बीमाले १० प्रतिशत मात्रै पाउनेछ भने हिमालयन रिले पनि १० प्रतिशतको आरक्षण पाएको छ । बीमा कम्पनीहरुले पाउने यस्तो आरक्षण हरेक वर्ष २ प्रतिशतका दरले घट्दै जाने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

Prabhu
Crest

पुनर्बीमा मार्फत बाहिरिने रकमलाई रोक्न र बजारलाई प्रतिस्पर्धी बनाउदै लैजानका लागि यस्तो निर्णय भएको उनले बताए । उनले भने ‘बीमा कम्पनीहरुले अहिले पाउने १० प्रतिशत प्रत्यक्ष हिस्सा अव हरेक वर्ष २ प्रतिशतका दरले घटाउदै लगेर ५ वर्ष पछि यस्तो व्यवस्था स्वतः हट्नेछ ।’

डाइरेक्टसेसनमा सम्पुर्ण बीमा कम्पनीहरुले आफ्नो जोखिमको २० प्रतिशत पुनर्बीमा स्वेदेशी पुनर्बीमामा गराउनु पर्छ । त्यस पछि मात्रै बीमा कम्पनीहरुले बाँकी रहेको ८० प्रतिशत विदेशी पुनर्बीमामा पठाउन पाउने छन् ।

केहि समय अगाडी बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई स्वदेशी दुई पुनर्बीमा जोखिम हस्तान्तरण गरेर मात्रै विदेशी पुनर्बीमा कम्पनीमा पठाउन निर्देशन दिएको थियो । समितिले दुई पुनर्बीमा कम्पनीले धारण गर्न सक्ने जोखिम बहन गरे पछि बाँकी रहेको जोखिम विदेशी पुनर्बीमा कम्पनीमा पठाउनु पर्ने व्यवस्था गरेको थियो । यस्तो निर्देशनको चर्को विरोध भए पछि यस विषयमा अध्ययन समिति बनाएको छ । उक्त अध्ययन समितिले अहिलेसम्म पनि प्रतिवेदन बुझाएको छैन ।

बीमा समितिले निजी क्षेत्रको लगानीमा स्थापना भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई संरक्षण गर्न खोजेको भन्दै आलोचना हुँदै आएको छ । तर बीमा समितिले स्वदेशी लगानीमा स्थापना भएको बीमा कम्पनीलाई पनि संरक्षण गर्नु पर्ने बताउदै आएको छ ।

जीवनमा भन्दा पनि निर्जीवन बीमा कम्पनीहरुमा अर्बौ रुपैयाँको पुनर्बीमा व्यवसाय रहेको छ । बीमा कम्पनीहरुले धारण गरेको सम्पुर्ण जोखिम सबै आफैले बहन गर्न नसक्ने भएकाले पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्छन् । पुनर्बीमा कम्पनीहरुले पनि धारण गरेको जोखिम मध्ये केहि आफुले बहन गरेर अन्य ठुला पुनर्बीमा कम्पनीमा हस्तारण गर्छन् । यसरी बीमा कम्पनीहरुले बीमितहरु सँग लिएको जोखिमलाई पुनर्बीमा कम्पनीहरु मार्फत विश्वमै हस्तान्तरण गर्दै लगेका हुन्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS