IME Life

बढ्न सकेन निक्षेप संकलन, बैशाखमा निक्षेप १९ अर्ब र कर्जा ६ अर्बले घट्यो  

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । बैशाख महिनामा बैंकहरूको कर्जा लगानी र निक्षेप संकलन निरन्तर ओरालो झरेको छ । बैकिङ प्रणालीमा निक्षेप नआउदा कर्जा विस्तार हुन सकेको छैन । बैशाख महिनामा मात्रै निक्षेप संकलन १९ अर्बले घट्दा कर्जा विस्तार ६ अर्बले खुम्चिएको छ ।

चैत अन्तिममा वाणिज्य बैंकहरूसँग कुल ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख ३० गतेसम्ममा घटेर ४३ खर्ब ७० अर्ब रुपैयाँमा झरेको छ । वैशाख तेस्रो साता निक्षेपमा थोरै सुधार देखिए पनि अन्य साताहरूमा भने निक्षेपमा लगातार कमी देखिएको छ ।

Prabhu
Crest

बैंकहरूको निक्षेपसँगै कर्जा प्रवाह पनि घटेको छ । चैत अन्तिममा ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको बैंकहरूको कर्जा वैशाख अन्तिममा ६ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको छ । वैशाख तेस्रो साता भने बैंकहरूको कर्जा प्रवाह थपिएको थियो ।

स्थानीय तहको चुनाव पछि कालो धन बाहिरिने र बैंकिङ प्रणालीमा आउने अपेक्षा गरिएको थियो । तर उमेद्वारले उल्टै बैंकिङ प्रणालीमा भएको पैसा चुनावमा खर्च गर्दा प्रणालीबाट पैसा बाहिरिएको छ । अर्को तर्फ पेट्रोलियम पदार्थको आयातबाट पनि हरेक दिन अर्बौ रुपैयाँ पैसा बाहिरिरहेको छ । निक्षेपमा गिरावट सँगै कर्जा विस्तार पनि घट्न थालेको छ । बैंकिङ तरलता अभाव सँगै अर्थतन्त्रमा पनि विस्तारै असर पर्न थालेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS