IME Life

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा परेको बोलपत्र भोलि खोलिने

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयरमा प्राप्त गोप्य शिलबन्दी बोलपत्र भोलि जेठ ५ गते खोलिने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा बिहान १० बजे बोलपत्र खोलिने जनाएको छ ।

कम्पनीले बैशाख १९ गतेदेखि बैशाख २७ गतेसम्म ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर विक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको थियो । कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो ।

Prabhu
Crest

यो शेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरीद माग गर्न सकिने व्यवस्था थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ७५ करोडको आधारमा १ः०.३ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS