IME Life

बीमा कम्पनीहरुको ‘जीवन बीमा कोष’मा ४ खर्ब ४८ अर्ब नाघ्यो, तीन कम्पनीको कब्जामा ६० प्रतिशत व्यवसाय

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ४ खर्ब ४८ अर्ब रुपैयाँ नाघेको छ । एक वर्षको अवधिमा यस्तो कोष २३.१५ प्रतिशतले बढेको हो । जीवन बीमा कम्पनीहरुलाई मूल्याङ्कन गर्दा सबैभन्दा पहिला कम्पनीको जीवन बीमा कोषलाई हेरिन्छ । जीवन बीमा कोष बीमितले भुक्तानी गरेको बीमा शुल्क हुने भएकाले जुन कम्पनीले जति धेरै व्यवसाय गर्न सक्छन् उसको जीवन बीमा कोष पनि सोहि अनुपातमा ठुलो हुन्छ ।

यहि कोषलाई विभिन्न क्षेत्रमा लगानी गरेर आएको प्रतिफलका आधारमा बीमितले बोनस पाउछन् । यस्तो कोषबाट आर्जन भएको मुनाफालाई बीमा कम्पनीका शेयरधनीहरुले लिन पाउदैनन् । बीमा कम्पनीहरुको पहिलो काम बीमितहरुलाई पोलिसी बिक्री गरेर बीमा शुल्क आर्जन गर्नु हो । दोस्रो काम बीमितले दिएको रकमलाई उचित र सुक्षित क्षेत्रमा लगानी गरेर उच्चतम प्रतिफल प्राप्त गर्नु हो ।

Prabhu
Crest

सञ्चालनमा रहेका जीवन बीमा कम्पनी मध्ये तीन वटा कम्पनीको कब्जामा ६० प्रतिशत कोष रहेको छ । तीन जीवन बीमा कम्पनी सँग मात्रै २ खर्ब ७० अर्ब रुपैयाँको कोष रहेको छ । जस मध्ये सर्वाधिक धेरै नेपाल लाइफको एक खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ । पुरै बीमा क्षेत्रमा नेपाल लाइफको मात्रै २९.२४ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै दोस्रो ठुलो जीवन बीमा कोष लाइफ इन्स्योरेन्स कर्पोरेसनको रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ९० अर्ब ३० करोड रुपैयाँ रहेको छ । एनएलआईसीको बजार हिस्सा २०.१३ प्रतिशत रहेको छ । तेस्रो धेरै बीमा कोष नेशनल लाइफको छ । नेशनल लाइफको जीवन बीमा कोषमा ४९ अर्ब ४ करोड रुपैयाँ छ । कम्पनीको बजार हिस्सा १०.९३ प्रतिशत छ ।

यि तीन वटा कम्पनीको बजार हिस्सा मात्रै ६० प्रतिशत छ । चौथो नम्बरमा रहेको राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ३९ अर्ब रुपैयाँ रहेको छ । संस्थानको हिस्सा ८.७० प्रतिशत छ । पाँचौ स्थानमा रहेको एशियन लाइफको जीवन बीमा कोषमा ‍३० अर्ब ९८ करोड रुपैयाँ रहेको छ । एशियनको हिस्सा ६.९१ प्रतिशत छ । छैठौ नम्बरमा रहेको मेट लाइफको जीवन बीमा कोषमा २० अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

कमजोर अवस्थामा रहेका पुराना जीवन बीमा कम्पनीहरुलाई नयाँ आएको जीवन बीमा कम्पनीले उछिन्न थालेका छन् । नयाँ आएको युनियन लाइफको जीवन बीमा कोष १० अर्ब ३४ करोड रुपैयाँ हुँदा गुराँस सूर्याको १२/१३ अर्ब रुपैयाँ मात्रै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS