IME Life

भारी अंकले घट्यो नेप्से परिसूचक, सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ८४ दशमलव ९० अंकले घटेर २,२६५ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज २ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै अन्य उपसूचक घटेको छ । अन्य उपसूचक ५ दशमलव ८३ प्रतिशतले घटेको छ । आज दिनभरिमा २२१ कम्पनीको ३५९५७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ४० लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ९४ प्रतिशतका दरले कमाएका हुन् । बोटलर्स नेपालका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् । नविल समृद्धि फण्डका इकाईधनीले १ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै यूनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS