IME Life

विन नेपाल लघुवित्तलाई नेप्सेले सोध्यो स्पष्टिकरण

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले आवश्यक सूचना सात दिनभित्र दिनुपर्ने व्यवस्था बमोजिम नदिएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो । कम्पनीलाई पत्रचार गर्दै के कति कारणले समयमै सुचना जानकारी दिन नसकिएको हो ? सो सम्बन्धमा तीनदिनभित्र स्पष्टिकरण पेश गर्न समेत नेप्सेले आग्रह छ ।

विन नेपाल लघुवित्तले बैशाख २९ गतेको सञ्चालक समितिको निर्णय बमोजिम यस वर्ष ९ दशमलव ३३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश दिने सूचना बैशाख ३० गते नेप्सेलाई दिएको थियो ।

Prabhu
Crest

कम्पनीले प्रस्तावित लाभांश पारितका लागि जेठ २० गते वार्षिक साधारण सभा आह्वान गर्दै जेठ ३ गतेदेखि बुक क्लोज गर्ने मिति तय गरेको हो । सूचीकृत कम्पनीहरुले बुक क्लोज सम्बन्धी जानकारी कम्तिमा सात दिन अगाडि नेप्सेलाई दिनुपर्ने व्यवस्था धितोपत्र सूचीकरण विनियमावलीमा रहेको छ । सो व्यवस्था अनुसार कम्पनीले जानकारी नगराएकाले कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS