IME Life

मर्जरको संझौता गरेका प्राइम, युनियन र गुराँसको आजदेखि शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । मर्जरको सहमति गरेका प्राइफ लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरिएको छ । मर्जरको सहमति सँगै तीन वटै कम्पनीले नेपाल स्टक एक्सचेन्जमा कारोबार रोक्काका लागि निवेदन दिएका थिए ।

उनिहरुले बैशाख २९ गते बिहीबार साँझ ४ बजे मर्जरको सहमतिपत्रमा संझौता गरेका थिए । तीन वटै मर्जरमा गएकाले तीन वटैको शेयर कारोबार रोक्का गरिएको हो । अव उनिहरुको कारोबार सफल मर्जर पछि एकिकृत कारोबार भए पछि मात्रै सुरु हुनेछ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीहरुको डिडिए हुनेछ । डिडिए पश्चात स्वाप रेसियो तर गर्नु पर्नेछ । आपसी सहमतिमा स्वाप रेसियो तह भए पछि साधारणसभाबाट पारित गरेपछि बल्ल मर्जर प्रकृयाँ अगाडी बढ्नेछ । स्रोतका अनुसार तीन वटा कम्पनीहरुले यहि असार भित्रमा मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गर्ने गरी काम अगाडी बढाएका छन् । यदि पुर्व योजना अनुरुप सफल भयो भने दोस्रो बजारमा पनि यहि साउन पछि कोरोबार खुला हुने देखिन्छ ।

प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । अव केहि समय उक्त शेयर कारोबार बन्द रहनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS