IME Life

रिलायबलले डाक्यो साधारणभा, कर्मचारीका लागि आइपिओदेखि लिएर हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २५ गते चौथो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको बैशाख २५ गते बसेको सञ्चालक समितिको ९२ औ बैठकले ज्ञानेश्वरमा चौथो वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले साधारणसभामा सर्वसाधारणलाई छुट्टाइएको शेयर मध्येबाट कर्मचारीहरुको हकमा जारी गर्ने शेयरको प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै साभामा पूँजी बृद्धि गर्ने सम्बन्धमा विशेष प्रस्ताव गरेको छ । जसमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव रहेको छ । तर कम्पनीले कति प्रतिशत हकप्रद शेयर जारी गर्ने भन्ने विषयमा खुलाएको छैन ।

Prabhu
Crest

सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जनाको निर्वाचन गर्ने भएको छ । साथै सभाबाट स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने भएको छ । जेठ २५ गते तय भएको साभामा संचालक समितिको चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने सामान्य प्रस्ताव रहेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु एनएफआरएस अनुसारको वित्तीय विवरण उपर छलफल गरी पारिने गर्ने सामान्य प्रस्ताव रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ । विद्यमान लेखापरीक्षकलाई पुन नियुक्त गर्न नमिल्ने कानुनी व्यवस्था रहेकाले पनि नयाँ लेखापरीक्षकलाई नियुक्त गर्ने भएको हो ।

अन्य बीमा कम्पनीहरुले मर्जरका लागि छलफल तथा सञ्चालक समितिलाई मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाउने विशेष प्रस्ताव गर्दै गर्दा कम्पनीले भने मर्जरको कुरा उल्लेख गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS