IME Life

शेयर बजारको चरम गिरावटले बीमा कम्पनीको मुनाफा घट्यो, १९ कम्पनीको मुनाफा ४ अर्ब २९ करोड (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारमा लगातारको गिरावट पछि अधिकाम्स बीमा कम्पनीको मुनाफामा ठुलो गिरावट देखिएको छ । बीमा कम्पनीहरुले खरिद गरेको शेयर मूल्य लागत मूल्य भन्दा तल झरेपछि प्रोभिजनिङ गर्नु परेको छ । यहि प्रोभिजनिङका कारण ८ वटा जीवन बीमा कम्पनीको मुनाफा घटेको छ ।

Prabhu
Crest

यस मध्ये नेपाल लाइफले मात्रै ५२ करोड ८२ लाख रुपैयाँ प्रोभिनजिङ गर्नु पर्यो । कम्पनीको शेयर बजारमा लगानी गर्ने क्षमता बढि छ जसले गर्दा प्रोभिजनिङ पनि धेरै गर्नु परेको हो । कम्पनीको कुल लगानी एक खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ । जस मध्ये शेयर बजारमा मात्रै एक अर्ब १९ करोड रुपैयाँको लगानी रहेको छ । ५२ करोड ८२ लाख रुपैयाँको प्रोभिजनिङ पछि कम्पनी १९ करोड ४५ लाख रुपैयाँले नोक्सानमा देखिएको छ ।

शेयर बजार गत भदौदेखि लगातार तल झरिरहेको छ । बजार एकोहोरो तल झर्दा बीमा कम्पनीहरुले खरिद गरेको लागत मूल्य भन्दा धेरै घाटा देखिइसकेको छ ।

त्यस्तै एलआईसी नेपालले पनि तेस्रो त्रैमाशिक अवधिमा १५ करोड १२ लाख रुपैयाँको प्रोभिजनिङ गरेको छ । त्यसैले गर्दा कम्पनीको मुनाफा गत आर्थिक वर्षको तुलनामा ६० प्रतिशतले घटेर ६ करोड रुपैयाँमा सिमित भएको छ ।

त्यस्तै सूर्या लाइफले पनि तेस्रो त्रैमाशिक अवधिमा ९ करोड २१ लाख रुपैयाँ प्रोभिनजिङ गरेको छ । त्यसैले कम्पनीको मुनाफा ३८ प्रतिशतले घटेर १५ करोड रुपैयाँमा सिमित भएको छ । समग्रमा १९ जीवन बीमा कम्पनीको मुनाफा १३.१७ प्रतिशतले घटेको छ । शेयर बजारमा सर्वाधिक लगानी गर्ने युनियन लाइफको पनि मुनाफा ६६ प्रतिशतले घटेर २ करोड ७२ लाख रुपैयाँ मात्रै छ । कम्पनीले शेयर बजारमा ४५ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ ।

तेस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीले ४ अर्ब २९ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा कम्पनीको मुनाफा ४ अर्ब ९४ करोड रुपैयाँ थियो । यस वर्ष सर्वाधिक धेरै ज्योति लाइफको मुनाफा ७० प्रतिशतले सुधार भएको छ । कम्पनीले तेस्रो त्रैमाशिक अवधिमा २० करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

अधिकाम्स बीमा कम्पनीले प्रोभिजनिङ गरे पनि केहि कम्पनीहरुले भने प्रोभिनजिङ गरेका छैनन् । प्रोभिजनिङ नगर्दा उनिहरुको मुनाफामा खासै प्रभाव देखिदैन । अहिले गरिएको प्रोभिजनिङ यदि शेयर बजार बढ्यो र लगात मूल्य भन्दा माथि गयो भने स्वत हट्छ । यदि शेयर बजार असार मसान्त भित्र सुधार भयो भने अहिले गरिएको प्रोभिजनिङ हट्नेछ । तर बजार यहि अवस्थामा रह्यो वा अझै घट्यो भने बीमा कम्पनीहरु प्रोभिजनिङकै कारण लाभांश बाँड्न नसक्ने अवस्थामा पुग्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS