IME Life

१९ जीवन बीमा कम्पनीले आर्जन गरे १ खर्ब माथि खुद बीमा शुल्क, दुई कम्पनीको घट्यो, अन्यको अवस्था कस्तो ? (सूचिसहित )

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसायिक बृद्धि हरेक समिक्षा अवधिमा बढेकोे तथ्याङ पाइन्छ । आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण हेर्दा पनि १९ जीवनबीमा कम्पनीहरुमध्ये गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र मेट लाइफ बाहेक सबै जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षकोे तुलनामा खुद बीमा शुल्क आर्जन बढाएका छन् ।

पछिल्लो समय बीमा कम्पनीहरु गाउँ गाउँमा पुग्न थालेका छन् । काठमाडौं र केहि प्रमुख शहरहरुमा मात्रै सिमित बीमा कम्पनीहरु अहिले स्थानीय निकायमा शाखा तथा उप शाखा कार्यालय खोल्न पुगेका छन् । जसले गर्दा कम्पनीहरुले गाउँ गाउँमा अभिकर्ताको सञ्जाल विस्तार गरी व्यवसायमा आक्रमक हुँदै आएको पाइन्छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमासमा कम्पनीहरुले निकै राम्रो प्रगति देखाएका छन् । यस अवधिसम्ममा १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब १ अर्ब २२ करोड ४५ लाख ८३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ९२ अर्ब २६ करोड ४४ लाख ९६ हजार रुपैयाँ खुद बीमा शुल्कक आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन ९ दशमलव ७१ प्रतिशतले बढी हो ।

यस अवधिमा सबैभन धेरै नेपाल लाइफले खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले व्यवसाय विस्तार गरी २५ अर्ब ९९ करोड ७९ लाख ३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन सामान्य प्रतिशतले बृद्धि गरी १३ अर्ब ६२ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब १७ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले बढी हो ।
यस अवधिमा नेशनल लाइफले ७ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशतले बढी हो । यूनियन लाइफले ५ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो ।

त्यसैगरी समिक्षा अवधिमा एशियन लाइफले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क ११ प्रतिशतले बृद्धि गरी ५ अर्ब ११ करोड आर्जन गरेको छ । सिटिजन लाइफले ३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । प्राइम लाइफले ३ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सूर्या लाइफले ३ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ८३ करोड २६ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । ज्योति लाइफले २ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, आइएमई लाइफले २ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । रिलायन्स लाइफले २ अर्ब १३ करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले २ अर्ब १ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । प्रभु लाइफले १ अर्ब ७४ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सानिमा लाइफले १ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । महालक्ष्मी लाइफले १ अर्ब ११ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

दुई कम्पनीको घट्यो
समिक्षा अवधिमा १९ मेट लाइफ नेपाल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ८३ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १ दशमलव ३१ प्रतिशतले घटेको हो । त्यसैगरी यस अवधिमा गुराँस लाइफले २ अर्ब ३५ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ९९ प्रतिशतले खुद बीमा शुल्क आर्जन घटेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS