IME Life

शिखर इन्स्योरेन्सको नाफा ३६ करोड ७० लाख, बीमा कोषको आकार साढे १ अर्ब

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद दाबी भुक्तानी घटेको छ भने आधिकांश सूचकमा सामान्य बृद्धि देखिएको छ ।

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७५ करोड ५५ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६१ करोड ७६ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब २३ करोड ८९ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार पनि बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा १ अर्ब ८ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमाससम्ममा १ अर्ब १३ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४ दशमलव ४९ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा ३६ करोड ७० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३६ करोड ३३ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १ दशमलव ०१ प्रतिशतले बढेकोे हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ६२ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २८ रुपैयाँ २२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २५५ रुपैयाँ ९६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS