यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ६४ अंकले घटेर २,३५० दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज ३४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ११ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । राद्यी विद्युत कम्पनीको ८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ८३ लाख रुपैयाँको शयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ७ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार