विद्युत् नियमन आयोगबाट दुई हाइड्रोपावरले पाए मर्जरका लागि सहमति

काठमाडौं । विद्युत् नियमन आयोगले दुई जलविद्युत् कम्पनीलाई एकापसमा मर्जरका लागि सैदान्तिक सहमति प्रदान गरेको छ । आयोगले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई एकापसमा गाभिन सहमति दिएको हो ।

यी कम्पनीहरु गाभिएपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार रुपैयाँ पुग्ने छ । दुवै कम्पनीले एकापसमा गाभिने सम्बन्धी समझदारीपत्रमा कात्तिक १७ गते हस्ताक्षर गरेका थिए । यी दुवै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार