IME Life

पहिलो दिनमा रिभर फल्स पावरको आइपिओमा एक लाख बढीको आवेदन

SPIL
NIC ASIA

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले निष्काशसन गरेको आइपिओमा एकैदिन एक लाख बढीको आइपिओ परेको छ । बैशाख २८ गतेदेखि निष्कासन गरेको आइपिओमा बुधबार साँझ ५ बजेसम्ममा एक लाख ७ हजार ६३७ जनाको आइपिओ परेको सिडियस एण्ड क्लियरिङले जनाएको छ । सिडिएसका १३ लाख १७ हजार ४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । प्रति शेयर एक सय रुपैयाँ अंकित मूल्यमा बुधबार १३ करोड १७ लाख ४ हजार रुपैयाँ बराबरको शेयरका लागि आवेदन परेको हो । कम्पनीले निष्काशन गरेको शेयरमध्ये २ प्रतिशत (५४ हजार ६ सय) कित्ता शेयर कर्मचचारीका लागि सुरक्षित गरिएको छ । १ लाख ३६ हजार ५ सय (५ प्रतिशत) कित्ता शेयर भने सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता शेयर भने सर्वसाधारणका लागि खुलाइएको हो ।

Prabhu
Crest

आवेदकहरुले ढिलोमा जेठ ११ र छिटोमा जेठ ४ भित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको शेयर निष्काशन तथा विक्रि प्रबन्धमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसका लागि आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेब मार्फत पनि आवेदन पेश गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS