आज १३ कम्पनीको शेयर मुल्यमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । आज नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले बढेर २,३६९ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १९२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज १३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये ६ वटा कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएको छन् भने ७ वटा कम्पनीका लगानीकर्ताले ९ प्रशिततका दरले कमाएका छन् । आज अधिकांश कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै सानिमा डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले १ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार