IME Life

चीनियाँ सरकारी निर्जीवन बीमा कम्पनीको पूर्व अध्यक्षमाथि भ्रष्टाचारको अभियोग

SPIL
NIC ASIA

काठमाडौं । चीनको अनुशासन निरीक्षणका लागि केन्द्रीय आयोग र राज्य सुपरिवेक्षण आयोगले चाइना कन्टिनेन्ट प्रोपर्टी एन्ड क्याजुअल इन्स्योरेन्सका अध्यक्ष चेन योङको भ्रष्टाचार अनुसन्धान गर्ने घोषणा गरेका छन् ।

५८ वर्षिय चेनले बीमा क्षेत्रमा धेरै वर्षदेखि विभिन्न बीमा कम्पनीमा काम गरेका छन् । २०१४ मा, उनलाई चाइना कन्टिनेन्टको युनान शाखाको महाप्रबन्धकको पदबाट पद्दोन्नति गरिएको थियो । यो कम्पनीको मुख्यालय संघाईमा रहेको छ । उनले चाइना कन्टिनेन्टमा विभिन्न पदमा रहेर जिम्मेवारी सम्हालेका थिए । उपपार्टी सचिव, निर्देशक, उपराष्ट्रपति र अध्यक्ष रहेका थिए ।

Prabhu
Crest

जनवरी २०१७ मा उनी बीमा कम्पनीको उपाध्यक्ष रहेका थिए । मार्च २०२१ मा, उनी चीन कन्टिनेन्टको उपाध्यक्षको रूपमा आफ्नो पद कायम रहदैं चाइना पूनर्बीमा समूहमा सरुवा गरिएका थिए ।

चेन भ्रष्टाचार अनुसन्धानको अधीनमा रहेका सरकारी स्वामित्वका वित्तीय संस्थाका धेरै अधिकारीहरूमध्ये एक हुन् । तिनीहरूमध्ये चाइना लाइफ इन्स्योरेन्सका अध्यक्ष वाङ बिन पनि भ्रष्टाचारको अभियोगमा छानबिनको दायरामा समेटिएका यसवर्षकै चर्चित व्यक्ति हुन् । वाङलाई वित्तीय अनुशासन र कानूनको गम्भीर उलंघनको आशंकामा अनुशासनात्मक समीक्षा र अनुसन्धान भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS