IME Life

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई, स्वीकृतिका लागि बीमा समितिमा पेश

SPIL
NIC ASIA

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सल्लाहकारको रुपमा काम गर्दै आइरहेका सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले प्रसाईलाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिले स्वीकृत गरे पछि मात्रै सञ्चालक समितिले आगामी चार वर्षका लागि नियुक्त गर्न सक्ने व्यवस्था छ ।

Prabhu
Crest

कम्पनीले गत फागुनमा प्रसाईलाई सल्लाहकारको रुपमा भित्र्याएको थियो । उनलाई सल्लाहकारमा भित्र्याए सँगै निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजिनामा दिएका थिए । पौडेलले राजिनामा दिए सँगै कम्पनीले प्रसाईलाई नै नियुक्ति गर्ने भएको हो ।

चार्टर्ड एकाउन्टेन्ट प्रसाईले यस अगाडी नेपाल लाइफमा ४ वर्ष तीन महिना काम गरेका थिए । उनले यस अवधिमा ८ महिना प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । उनि नियामक निकाय बीमा समितिको जागिर छाडेर नेपाल लाइफमा आएका थिए ।

ceopli

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS