IME Life

भारतीय बीमा कम्पनीले वित्तीय संस्थामा गर्न पाउने लगानीको सीमा बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरण(आइआरडिएआइ)ले बीमा कम्पनीहरूको लगानीको सीमालाइ खुकुलो गरेको छ । बैंक, वित्तीय संस्था तथा बीमा बिएफअइ कम्पनीहरूको शेयरमा कूल लगानीको ३० प्रतिशतसम्म लगानी गर्न छुट दिएको हो । यसअघि यो जम्मा २५ प्रतिशतमा सीमित रहेको थियो ।

भारतीय जीवन बीमा निगम (एलआइसी) को प्राथमिक शेयर निष्काशन हुनु अघि लगानीको सीमा बढाइएको छ । आइआरडिएआइले बीमा कम्पनीहरूको मुनाफा वृद्धिमा टेवा पुग्ने अपेक्षासहित तुलनात्मकरूपमा बढी जोखिमसँगै बढी मुनाफा दिने बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको शेयरमा लगानीको सीमा वृद्धि गरेको हो ।

Prabhu
Crest

आईआरडीएआईले २९ अप्रिलमा जारी गरेको परिपत्रमा परिवर्तनको घोषणा गरिएको थियो। सामान्यतया, ७० देखि ७५ प्रतिशतसम्म भारतीय बीमा कम्पनीहरूको लगानी सरकारी बचत पत्र, राज्य सरकारको ऋणपत्र र पूर्वाधार ऋण पत्रमा केन्द्रित रहेको छ । यो क्षेत्र तुलनात्मकरूपमा सुरक्षित मानिए पनि प्रतिफलको दृष्टीकोणले कमजोर हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS