ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, आवेदन दिन एक हप्ता बाँकि

काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्मचारीको माग गरेको छ । बैंकले सिनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

न्युनतम २५ वर्ष तथा अधिकतम ३५ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्नेछन् । सिनियर अफिसरका लागि पाँच वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ भने अफिसरका लागि कम्तिमा ३ वर्षको कार्यअनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले बैशाख २८ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार