IME Life

एनआईबिएल सहभागिता फण्डको एजेन्टमा सम्पन्न क्यापिटल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाका इकाईहरुको खरिद/बिक्रिलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेड लाई सामूहिक लगानी कोष नियमावली तथा सो अन्तर्गतको निर्देशिका बमोजिम योजनाको वितरक (एजेन्ट) को रुपमा नियुक्त गरेकोे छ ।

यस अघि “एनआईबिएल सहभागिता फण्ड” योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडका तोकिएका शाखाहरु मार्फत हुदै आइरहेको छ ।

Prabhu
Crest

विगत २ वर्ष भन्दाबढी समयदेखि एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा पहिलो खुलामुखी योजनाको परिचय बनाउन सफल भएको छ भने यस योजनाले संचालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीहरुलाई ८.२५% र दोस्रो आर्थिक वर्षमा ५०% नगद लाभांश प्रदान गरिसकेको छ । यस योजनामा लगानी गर्न लगानीकर्ताहरुले क्यापिटलको वेवसाईटमा गई विद्युतीय प्रणाली मार्फत पनि लगानी गर्न सक्दछन् ।

भुक्तानीको लागि इसेवा,खल्ति,कनेक्ट आइपीएउ, थैली र नेपाल इन्भेष्टमेन्ट बैंकको इ बैंकिङको प्रयोग गर्न सक्नेछन् । लगानीकर्ताहरुले यस योजनामा लगानी गर्न व्यवस्थित लगानी योजनामार्फत दर्ता भई नियमित रुपमा पूर्व निर्धारण रकम लगानी गर्न सक्ने व्यवस्था समेत रहेको छ ।

योजना सम्बन्धि थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट तथा मुख्य कार्यलय (फोन नम्बर ०१–४४२५२८०, ०१–४४२५२८१) मा सम्पर्क गर्न सकिने छ साथै योजना व्यवस्थापकबाट तोकिएका वितरकहरुको कार्यलयमा पनि सम्पर्क गर्न सकिने छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS