IME Life

जीवन बीमा कम्पनीहरुको बीमा कोषमा किन लाग्यो धमिरा !

SPIL
NIC ASIA

काठमाडौं । बजारमा पूँजी तरलताको अभावसँगै जीवन तथा निर्जीवन बीमा व्यवसायमा पनि नकारत्मक प्रभाव परेको छ । बीमा समितिले जारी गरेको चैत्र महिनाको तथ्यांकबाट बीमा व्यवसायको प्रगती विवरणमा कालो बादल मडारिएको देख्न सकिन्छ । निर्जीवन बीमा कम्पनीले बीमा समितिबाट निर्धारित बीमाशुल्कको सीमाभित्र रहेर बीमालेख जारी गर्नुपर्ने भएपनि अप्रत्यक्षरुपमा बीमाशुल्क छुट दिएर जोखिम मोलिरहेका छन् ।

जीवन बीमा कम्पनीहरु जसरी पनि बीमालेख बिक्री वापतको आम्दानी बढाउने रणनीतिको साथ अघि बढ्दा जीवन बीमा कम्पनीको मेरुदण्ड मानिने जीवन बीमाकोषमा धमिरा लाग्न शुरु भएको छ ।

Prabhu
Crest

बीमालेख बिक्री गर्दाको लागत बढ्दै जाँदा बीमितबाट प्राप्त हुने बीमाशुल्कको ठूलो हिस्सा खर्च हुने क्रम दिनप्रतिदिन बढ्दै जाँदा बीमा कोषमा क्षति पुग्न थालेको हो । कुनै पनि जीवन बीमा कम्पनीले बीमाशुल्कवापत प्राप्त शतप्रतिशत रकम बीमाकोषमा जम्मा गर्न सक्ने क्षमता राख्छ भने न्यून संचालन खर्चमा स्वच्छरुपमा व्यवसाय संचालन गरिरहेको मापकको रुपमा लिन सकिन्छ ।

एक वर्षको अवधि पुरा नहुँदै बीमितलाई बीमांकको निश्चित प्रतिशत रकम फिर्ता गर्ने वार्षिक धनफिर्ता,धनलाभ,धनप्राप्ती,धनवर्षालगायत नाम दिइएको बीमा योजना प्रचलनमा ल्याएसँगै जीवन बीमा कम्पनीहरुले जीवन बीमा कोषमा रोग निम्त्याएका हुन् । बीमितले वार्षिकरुपमा बीमांकको ५ प्रतिशत रकम फिर्ता पाउने प्रावधान रहेको यो बीमालेखबाट पाएको बीमाशुल्कको ठूलो हिस्सा बीमितलाई किस्ता बन्दीमा फिर्ता गरिएको हुन्छ भने अभिकर्तालाई कमिशनवापत पनि वितरण गरिएको हुन्छ । त्यसैले यो बीमालेखबाट प्राप्त बीमाशुल्कको बचत ज्यादै न्यून छ । अर्थात् घाटाको सौदा छ ।

अर्कोतर्फ नेपाल राष्ट्र बैंक र बीमा समितिले समेत रोक लगाएको बैंकाइन्स्योरेन्स पुनः जुर्मुराएको छ । जीवन बीमा कम्पनीहरुले सशर्त मुद्दती निक्षेप दिन थालेका छन् । मुद्दती निक्षेपको ५ देखि १५ प्रतिशतसम्म प्रथम बीमाशुल्क उपलब्ध गराए मात्र निक्षेप दिने शर्त तेस्र्याएर जीवन बीमा कम्पनीहरुले अहिले बैंक तथा वित्तीय संस्थाहरुको बाध्यताको फाइदा उठाइ रहेका छन् ।

बैंक तथा वित्तीय संस्थामार्फत् जबरजस्ती भिडाइने जीवन बीमा योजनाको बीमितले नियमितरुपमा बीमाशुल्क तिरेको उदाहरण ज्यादै न्यून छ । अर्थात् अधिकांश बीमालेख व्यतित अवस्थामा पुगेको छ । बैंकबाट कर्जा प्राप्त गर्ने समयमा जीवन बीमा नगरे कर्जा नपाइने त्रासमा ग्राहकले जबरजस्ती बीमा गरिहाले पनि निश्चित अवधिपछि समर्पण गरेर बीमा कम्पनीसँग रकम फिर्ता लैजाने प्रवृत्ति उच्च रहेको छ ।

जीवन बीमा क्षेत्रमा सबैभन्दा डरलाग्दो रोग अहिले बीमालेख समर्पणको देखिएको छ । जसरी पनि बीमालेख बिक्री गर्ने रणनीति अपनाएर बीमा कम्पनीले बीमालेख बिक्री गरिरहेकाले छोटो समयावधि पुरा नहुँदै बीमितले बीमालेख समर्पण गरेर आफ्नो पैसा फिर्ता माग्न थालेका छन् ।

बीमा समितिका अनुसार ठूलो बजार हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्समा बीमालेख समर्पण दर जीवनबीमा कम्पनीहरुमध्येकै उच्च रहेको छ । गत पुसदेखि फागुन महिनासम्ममा मात्र नेपाल लाईफका २ हजार १ सय ६३ बीमितले बीमालेख समर्पण गरेर ३८ करोड ४० लाख रुपैयाँ समर्पण मूल्य प्राप्त गरेका छन् । बीमा समितिका अनुसार अन्य जीवन बीमा कम्पनीहरुमा पनि पछिल्लो समयमा बीमितले बीमालेख समर्पण गर्ने क्रम ह्वात्तै बढेको छ ।

जीवन बीमा कम्पनीले बीमितबाट बीमाशुल्कवापत प्राप्त गरेको रकमबाट बीमाशुल्क प्राप्त गर्दाको प्रशासनिकलगायतको खर्च कटाएर बाँकी रहेको रकम(बचत) लाई जीवन बीमा कोषमा जम्मा गरिन्छ । र, बीमितलाई त्यही बीमा कोषबाट प्राप्त ब्याज आम्दानी र लगानीबाट प्राप्त प्रतिफलको आधारमा बीमालेख बोनश रकम वितरण हुन्छ । तर बढ्दो संचालन लागत, अस्वस्थ्य प्रतिस्पर्धाका कारण बचतको प्रतिशत घट्दै जाँदा बीमितले भविष्यमा प्राप्त गर्ने बोनश दर पनि ओरालो लाग्ने संकेत देखिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS