IME Life

नेपालको बीमा क्षेत्रले ५५ औं बसन्तमा बामे सर्दै गर्दा उच्च व्यवस्थापनमा भने ५५ जना मात्रै महिला

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा पहिलोपल्ट २०२४ सालमा बीमा  को सुरुवात भएको थियो । सुरुवाती दिनमा प्राइभेट कम्पनीको रुपमा स्थापना भएको उक्त कम्पनी एक वर्षपछि बीमा संस्थान ऐन २०२५ अन्तर्गत संस्थनाको रुपमा परिणत भएको थियो । यो संस्थानले करिब ५ दशकको आधा आधि समय पार गरिसकेको अवस्था छ । यो समयमा आइसक्दा हाल करिब ३४ प्रतिशत नेपाली बीमाको पहुँचमा रहेका छन् । सरकारी तथा निजि स्तरमा खुलेका बीमा कम्पनीले नेपालभर बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपालमा हाल जीवन बीमा र निर्जिवन बीमा गरि ३९ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । यी कम्पनीहरुले समय अनुरुप विभिन्न पोलिसि बिक्रि वितरण गर्दै आइरहेको छ । प्रत्येक कम्पनीले अभिकर्ता मार्फत आफ्नो पोलिसि नेपालको प्रत्येक शहर बजारमा बिक्रि गरिरहेको अवस्था छ । करिब १ लाख भन्दा बढी अभिकर्ताले बीमा सेवा प्रदान गर्दै आइरहेका छन् । साथै विभिन्न बीमा कम्पनीहरुमा १२ हजारभन्दा बढी कर्मचारीहरु अवद्ध रहेका छन् । उक्त १२ हजार कर्मचारीभित्र महिला कर्मचारीको संख्या भने न्यून देखिन्छ । कतिपय बीमा कम्पनीमा महिला कर्मचारी नै रहेको पाइदैन ।

Prabhu
Crest

कुन जीवन बीमा कम्पनीमा महिलाको सहभागीता कति ?

नेपालमा बीमा संस्थान सहित १९ वटा बीमा कम्पनीहरुले जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । यी कम्पनीहरुले देशभर शाखा विस्तार गरि सेवा प्रदान गर्दै आइरहेको छ । केन्द्रिय व्यवस्थापन समितिमा हेर्ने हो भने महिलाको नेतृत्व न्यून देखिन्छ । जसमध्ये ८ वटा जीवन बीमा कम्पनीको व्यवस्थापन समितिमा महिला नेतृत्व शून्य रहेको छ । गुँरास लाइफ, प्राइम लाइफ, आइएमई लाइफ, सन लाइफ, रिलायबल, सानीमा र सरकारी संस्था बीमा संस्थानको केन्द्रिय व्यवस्थापनमा महिला कर्मचारीको उपस्थिति शून्य रहेको छ ।

जीवन बीमा कम्पनीमध्ये लाइफ इन्स्योरेन्स  कर्पाेरेशनमाको केन्द्रिय व्यवस्थापन समितिमा उल्लेख्य ५ जना महिलाले व्यवस्थापन समितिमा जिम्मेवारी निभाइरहेका छन् । साथै नेपाल लाइफ इन्स्योरेन्समा ४ जना महिला नेतृत्वमा रहेका छन् भने रिलायन्स लाइफ र सिटिजनमा ३÷३ जना महिलाले जिम्मेवारी वहन गरिरहेका छन् । अन्य कम्पनीहरुमा भने एकाध महिलाको उपस्थिति देखिन्छ । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीमा २४ जना महिला व्यवस्थापनको उच्च पदमा रहेका छन् । तर कुनै पनि जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी नेतृत्वमा भने महिलाको सहभागीता देखिएको छैन ।

युनाइटेड इन्स्योरेन्समा मात्रै महिला सिइओ

नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेको छ । जसमध्ये युनाइटेड इन्स्योरेन्स कम्पनीमा भने उपासना पौडेलले प्रमुख कार्यकारीको भूमिका निभाइरहेकी छिन् । अन्य ५ वटा कम्पनीको व्यवस्थापन समुहमा भने महिलाको उपस्थिति शून्य रहेको छ । एकाध महिलाको उपस्थिति रहेको कम्पनीमध्ये आइएमई लाइफमा ४ जना, एभरेष्ट, नेशनल र राष्ट्रिय बीमा कम्पनीमा भने ३/३ जना महिलाले व्यवस्थापन समितिमा रहेर काम गर्दै आइरहेको छ ।

नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीमा ३१ जना महिला व्यवस्थापनको उच्च पदमा रहेका छन् । सरकारी स्तरमा बीमा संस्थानको स्थापना भएको ५५ वर्ष वित्न लागेको छ । निजि स्तरबाट खुलेको बीमा कम्पनीले सेवा सुचारु गरेको लगभग २५ वर्ष वित्न लागेको छ । यसबीच अझै पनि नेपाली महिलाहरुले बीमा क्षेत्रको व्यवस्थापन समितिमा प्रमुख कार्यकारीको रुपमा जिम्मेवारी पाएको अवस्था नभएको स्पष्ट देखिन्छ । नेपाली बीमाको ५५ औं वर्षको दौडमा यस क्षेत्रको व्यवस्थापनको उच्च पदमा भने जम्मा ५५ जना महिलाले मात्रै जिम्मेवारी पाएको देखिन्छ । अझै पनि ३३ प्रतिशत कम्पनीले उच्च व्यवस्थापनमा महिलालाई पोत्याउन सकिरहेका छैनन् । सकेसम्म जिम्मेवारी दिन नचाहेक कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापनको मानसिकताका कारण महिलाले ठुलो जिम्मेवारी पाउन सकिरहेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS