IME Life

पूँजी जुटाउने समय थप्न बीमा कम्पनीका अध्यक्षहरुको आग्रह, ‘मर्जर गराए पछि संख्या थप्न पाइदैन’

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुले पूँजी जुटाउने समय थप गर्न बीमा समिति समक्ष अनुरोध गरेका छन् । बीमा समितिले हिजो बिहीबार निर्जीवन बीमा कम्पनीका अध्यक्ष, प्रमुख लगानीकर्ता र प्रमुख कार्यकारी अधिकृतहरु सँगको छलफलमा उनिहरुले एक वर्षको अवधिमा पूँजी जुटाउन समय कम भएको प्रतिक्रिया दिएका हुन् ।

बीमा समितिक अध्यक्ष सूर्य प्रसाद सिलवालले समय जति दिए पनि पुग्दैन त्यसैले के कसरी पूँजी जुटाउन सकिन्छ अगाडी बढ्न निर्देशन दिएका थिए । बीमा समितिले अध्यक्ष तथा लगानीकर्ताहरु सँग जगेडा कोषमा भएको रकम र नपुग केहि प्रतिशत मात्रै हकप्रद जारी गर्नु पर्नु पर्ने राय व्यक्त गरेका थिए । उनले पूँजी जुटाउनका लागि हकप्रद शेयर निष्काशन गर्न नदिने भनेको होइन तर सिधै एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न भने नदिने बताएका छन् । उनले भने ‘सक्नेले बोनस शेयर दिएर पूँजी जुटाउनुहोस् नसक्नेले अन्य बाटो रोज्नुहोस् । पूँजी जुटाउनै सकिदैन भन्ने हुँदैन ।’

Prabhu
Crest

अध्यक्ष सिलवालले सकेसम्म मर्जरमा गएर संख्या घटाउन चाहेको उल्लेख गरेका थिए । अध्यक्षको यस्तो अभिव्यक्ति पछि कम्पनीका अध्यक्ष तथा ठुला लगानीकर्ताहरुले आवस्यक पूँजी जुटाउनका लागि मर्जर गर्न तयार भएको तर यसका लागि बीमा समितिले आवस्यक वातावारण बनाउनु पर्ने बताएका थिए । उनिहरुले मर्जरमा जानका लागि आकर्षित गर्ने योजना पेश गर्न अनुरोध गरेका छन् ।

कतिपय सञ्चालकहरुले भने अहिले मर्जरमा लगेर संख्या घटाउने अनि अर्को वर्ष नयाँ कम्पनीको लाइसेन्स त दिन खोजिएको होइन भन्दै संका व्यक्त गरेका थिए । लगानीकर्ताले यस्तो संका व्यक्त गरे पछि अध्यक्ष सिलवालले आफ्नो कार्यकाल भर नयाँ कम्पनीको लाइसेन्स नदिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने ‘मेरो कार्यकाल पछि के हुन्छ म भन्न सक्दिन तर मेरो कार्यकाल भर नयाँ कम्पनीको लाइसेन्स वितरण हुँदैन ढुक्क हुनुहोस् ।’

कार्यक्रमको सञ्चालन बीमा समितिका निर्देशक दिनेशलाल कर्णले गरेका थिए । त्यस्तै पूँजी बृद्धिका विषयमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पंगेनीले प्रस्तुती दिएका थिए । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक तथा उपनिर्देशकहरु, सम्पुर्ण निर्जीवन बीमा कम्पनीका अध्यक्ष, प्रमुख शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियो ।

बीमा समितिले गत चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीको पूँजी बृद्धि गर्ने निर्णय गरेको थियो । जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे दुई अर्ब रुपैयाँ पूँजी कायम गरिएको छ । उक्त पूँजी जुटाउनका लागि सम्पुर्ण बीमा कम्पनीहरुलाई एक महिना भित्रमा क्यापिटल प्लान पेश गर्न निर्देशन दिइएको थियो । साथै २०७९ चैत मसान्त भित्रमा क्यापिटल पुरा गर्न समेत निर्देशन दिइएको छ ।

बीमा समितिले निर्देशित क्यापिटल जुटाउनका लागि पहिलो पटक बीमा कम्पनीका सम्बन्धित पक्षहरु सँग छलफल गरेको हो । हिजो निर्जीवन बीमा कम्पनी सँग छलफल भए सँगै केहि दिनमा जीवन बीमा कम्पनीहरु सँग पनि समितिले छलफल गर्ने योजना बनाएको छ ।

कम्पनीहरुले पेश गरेका क्यापिटल प्लान र उनिहरु सँगको प्रारम्भिक छलफल पछि थप निर्देशन दिने कार्ययोजना बनाएको छ । समितिले यस क्यापिटल प्लानबाट बीमा कम्पनीको संख्या घटाउने रणनीति बनाएको छ । सोहि अनुसार समितिले कम्पनीहरु सँग स्पष्ट सँग एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नै नदिने भनेको हो ।

बीमा समितिको यस्तो अभिव्यक्ति सँगै अधिकाम्स बीमा कम्पनीहरु १०० प्रतिशत भन्दा धेरै हकप्रद शेयर जारी गर्दा पनि तोकिएको पूँजी जुट्दैन । त्यसैले बीमा समितिले मर्जरको नीति लिन खोजेको भान हुन्छ । यहि अवस्थालाई मध्यनजर गर्दै उनिहरुले मर्जरको वातावरण बनाउन प्रोत्साहनका कार्यक्रम पेश गर्न अनुरोध गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS