IME Life

प्रपर इन्स्योरेन्सका लागि ‘इन्स्योरेन्स कन्सल्टेन्सी’, बीमा गर्नेदेखि दाबी भुक्तानीसम्मको परामर्श सेवा

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा जोखिम बहन गर्ने भन्दा पनि कागजी प्रकृयाँका लागि बीमा गर्ने परिपाटी धेरै छ । कतिपय ठुला ठुला उद्योगी व्यवसायीहरुले कागजी प्रकृयाँका लागि थोरै बीमाङ्कको बीमा गर्दा उचित दाबी पाउन सकेका छैनन् । केहि दिन अगाडी सगरमाथा ग्याँस उद्योगमा विस्फोट हुँदा २५/३० करोड रुपैयाँको क्षति भयो । तर कम्पनीले तीन करोड रुपैयाँको मात्रै बीमा गरेको रहेछ ।

ग्याँस उद्योगका सञ्चालकले बीमालाई बुझ्न नसक्दा यस्तो अवस्था आएको हो । त्यसैले विश्वका अन्य देशहरुमा यस्ता ठुला उद्योगले बीमाका लागि छुट्टै कन्सल्टेन्सीलाई नियुक्त गर्ने गरेका हुन्छन् । जसले बीमा गर्नु भन्दा अगाडी नै सम्पत्तीको मूल्याङ्कन, जोखिम बहन गर्नु पर्ने क्षेत्र तथा आवस्यक कागजपत्रको लागि परामर्श दिन्छन् ।

Prabhu
Crest

यहि अन्तर्राष्ट्रिय अवधारणालाई पच्छ्याउदै बीमा क्षेत्रमा तीन दशक भन्दा लामो अनुभव हासिल गरेका विके श्रेष्ठले नेपालमै पहिलो पटक ‘इन्स्योरेन्स कन्सल्टेन्सी नेपाल‘को स्थापना गरेका छन् । नेपालमा बीमा सम्बन्धी दक्षता र जनचेतना न्युन रहेको विषयलाई ध्यानमा राख्दै श्रेष्ठले धेरै लामो समयदेखि स्वतन्त्र रुपमा बीमा सम्बन्धी परामर्श उपलब्ध गराउने कन्सल्टेन्सीको अवधारणा बनाएका थिए । नेशनल इन्स्योरेन्स कम्पनीबाट जागिर सुरु गरेका श्रेष्ठले २० वर्षमा लगभग सबै विभागमा काम गरे । नेशनल छाडेपछि श्रेष्ठले १० वर्ष भन्दा लामो समय लुम्बिनी जनरल इन्स्योरेन्समा काम गरे ।  

बीमा कम्पनीमा तीन दशक भन्दा लामो समय काम गर्दा बीमितले दाबी भुक्तानीका विषयमा गरेको गुनासोले श्रेष्ठलाई सधै नरामाइलो बनाउने गर्थ्यो । बीमा गर्ने वेलामा सबैलाई हतार हुन्छ । हतारै हतारमा जुटाएका कागजपत्र पुरा हुन नसक्दा दाबीको समयमा सर्वाधिक धेरै झण्झट बेहोर्नु पर्ने श्रेष्ठ बताउछन् ।

‘मेरो उद्योगको बीमा गर्नु पर्यो लौ न के कति पर्छ ? अलि थोरैमा बीमा गराइदिनु पर्यो’ भन्ने प्रचलनले नेपालमा पुर्ण रुपमा बीमा नहुने अवस्था रहेको उनको अनुभव छ । उद्योगीले सक्दो थोरै शुल्कमा बीमा गर्न खोज्छन् । बीमा शुल्क घटाइदिनु पर्यो अझ डिस्काउन्ट गरिदिनु पर्यो भन्दै बीमा गर्न आउने ग्राहकलाई फर्काउन नचाहने बीमा कम्पनीहरुले सस्तोमै बीमा गरिदिन्छन् । तर उनिहरुले यसरी सस्तोमा बीमा गर्दा बहन गर्ने जोखिमलाई घटाइदिन्छन् । तर यो कुरा बीमितलाई थाहा हुँदैन ।

जव दाबी भुक्तानी पर्छ त्यति वेला बीमितले सोचेको भन्दा धैर कमको मूल्याङ्कन हुन्छ । बीमितले मैले पुर्ण रुपमा बीमा गरेको सोचिरहेको हुन्छ तर वास्तविक रुपमा बीमा भएकै हुँदैन । सस्तोमा बीमा गर्न खोज्दा बीमा कम्पनीका कर्मचारीहरुले जोखिम बहन हुने क्षेत्रलाई नै घटाइदिएका हुन्छन् । बीमा गर्ने वेलामा न त उद्योगका कर्मचारीले राम्रो सँग हेरेका हुन्छन् न त मार्केटिङमा खटिएका बीमा कम्पनीका कर्मचारीले नै हेरेका हुन्छन् ।

टार्गेटको पछाडि कुद्ने मार्केटिङ विभागका कर्मचारीहरुलाई न त अण्डराइटिङको ज्ञान हुन्छ न त दाबी भुक्तानीको नै । बीमा कम्पनीका मार्केटिङ विभागका कर्मचारीहरुमा अण्डरराइटिङ र दाबीको विषयमा राम्रो ज्ञान हुनु पर्ने श्रेष्ठ बताउछन् । यदि मार्केटिङको कर्मचारीलाई यसको राम्रो ज्ञान भयो भने उसले बीमितलाई जोखिमको वारेमा राम्ररी बुझाउन सक्छ । त्यस्तै कम्पनी तथा उद्योगको बीमा गराउने कर्मचारीलाई पनि बीमाको पुर्ण ज्ञान हुँदैन । खर्च कम गर्ने बहानामा उल्टै कम शुल्कमा बीमा गर्न खोजिरहेको हुन्छ ।

यसरी संरचनात्मक कारणले भएको गल्तिले गर्दा सोचेको भन्दा कम दाबी रकम पाउने भए पछि बीमित विरोधमा उत्रिन्छन् । उनिहरु बीमा समिति हुँदै अदालतसम्म धाउछन् । तर यसमा बीमितको भन्दा पनि बीमा कम्पनीकै जीत हुन्छ । यसले गर्दा बीमा प्रतिको विश्वास नै गुम्न पुगेको श्रेष्ठको भनाइ छ । ‘प्रपर’ बीमा नभइ दाबी भुक्तानीको समस्याले गुमेको अविस्वासलाई हटाउन नेपालमा बीमा कन्सल्टेन्सीको स्थापना गर्नु परेको श्रेष्ठले बताए ।

इन्स्योरेन्स कन्सल्टेन्सी नेपालले बीमा गर्नु भन्दा अगाडीदेखि बीमाको दाबी भुक्तानीका क्रममा आइपर्ने सम्पुर्ण कुराहरुमा परामर्श दिनेछ । जहाँ सम्पत्तीको बीमायोग्य हितको पुर्व अनुगमन गर्नेछ ताकी उक्त सम्पत्तीका लागि के कस्तो बीमा हुनसक्छ भनेर सुझाव दिन सकियोस् ।

पुर्व अनुगमन ‘प्रि इन्स्पेक्सन’का क्रममा के के को बीमा गर्ने, कसरी बीमा गर्ने, सम्पत्तीमा के के को जोखिम रहेको छ, बीमाङ्क रकम र ह्रास पत्ता लगाउनेछ । यसबाट कन्सल्टेन्सीले आवस्यक थप जोखिम बहनका लागि थप बीमा शुल्क के कति लाग्छ त्यसको पनि मूल्याङ्कन गर्दछ ।

त्यस पछि बल्ल कन्सल्टेन्सीले बीमा कम्पनीको सिफारिस गर्नेछ । बीमा कम्पनीलाई सिफारिस गर्ने क्रममा कन्सल्टेन्सीले बीमा प्रस्ताव फारम भरिदिन सहयोग गर्नुका साथै आवस्यक कागजपत्रको लागि सिफारिस पनि गरिदिन्छ ।

बीमा कम्पनीबाट प्राप्त बीमालेखलाई कन्सल्टेन्सीले बीमालेखका प्रावधान तथा क्लजहरुको समेत चेक जाच गरिदिन्छ । सबैले बीमालेख बुझ्न सक्दैनन् । त्यसैले बीमितलाई बीमालेखको विषयमा राम्रो सँग बुझाउने काम गर्दछ । यदि बीमालेखमा कुनै किसिमको त्रुटी भेटियो भने उक्त त्रुटीलाई सच्याउन समेत मद्दत गर्नेछ ।

हाल बीमा बजारमा जति पनि बीमित र बिमा कम्पनीहरु विचमा विवाद आइरहेको छ, त्यो प्रायः अण्डरराइटिको कारणले आइरहेको श्रेष्ठ बताउछन् । कतिपय बीमितले त आफ्नो बीमा पोलिसीले के कस्तो जोखिम बहन गरेको छ भन्ने कुरा पनि थाहा पाउदैनन् । यस्तो अवस्थामा यस्ता कन्सल्टेन्सी मार्फत जानकारी पाउन सकिने श्रेष्ठको अवधारणा रहेको छ । श्रेष्ठ भन्छन् ‘कुनै पनि बीमालेख लिनु भन्दा पहिले कन्सल्टेन्सीमा सम्पर्क गर्नुहोस् । जसबाट भविष्यमा आइपर्न सक्ने दुर्घटनाको दाबी सजिलै पाउन सकिनेछ ।’

भारत लगायत विश्वका अन्य धेरै देशमा यस्ता संस्थाको ठुलो महत्व रहने गरेको छ । बीमा क्षेत्रमा लामो समय काम गरेका व्यक्तिहरुले कन्सल्ट्यान्टको रुपमा काम गर्छन् । पछिल्लो समयमा नेपालमा पनि बीमा व्यवसायको विस्तार भए सँगै यस्ता कन्सल्टेन्सीको महशुस गरिएको हो । यस कन्सल्टेन्सीले बीमा शुल्कको आधारमा कमिशन लिने गरेको छ । बीमा शुल्कको १५ प्रतिशतसम्म सेवा शुल्क लिनेछ । स्थापनाको छोटो समयमै कन्सल्टेन्सीले सिमेन्ट उद्योग, जलविद्युत आयोजना, विष्कुट उद्योग लगायत धेरै उद्योगमा कन्सल्टेन्टको जिम्मेवारी पाइसकेको छ ।

कन्सल्टेन्सीले नै बीमा कम्पनी छनोट गरिदिनेछ । जसमा बीमितले कर्पोरेट डिस्काउन्टको सुविधा पाउने छन् । तर बीमा कम्पनीमा धाउने कागजपत्र जुटाउने काम भने गर्दैन । कन्सल्टेन्सीले मात्रै परामर्श दिनेछ ताकी प्रपर बीमा होस् । र दाबी भुक्तानीका क्रममा कुनै पनि बाधा अड्न सिर्जना नहोस् । जसरी सगरमाथा ग्याँस उद्योगको बास्तविक मूल्याङ्कन विनानै बीमा गर्दा ठुलो क्षति बेहोर्नु पर्यो ।

त्यस्तो क्षति बेहोर्नु नपरोस भन्नका लागि पनि यसले मद्दत गर्नेछ । अर्को तर्फ कतिपय उद्योगले बास्तविक मूल्याङ्कन नगरी अनुमानमा बीमाङ्क रकम निकाल्दा धेरै बीमा शुल्क तिरिरहेको हुन सक्छ । उनिहरुका लागि पनि यसले राम्रो मद्दत गर्नेछ । बीमाङ्क रकम धेरै हुँदैमा धेरै दाबी पाइने होइन । दाबी क्षतिका आधारमा पाउने भएकाले धेरै बीमा शुल्क तिर्दा खर्च मात्रै हुन्छ । यदि दाबी भुक्तानीका क्रममा मुद्दा मामिला भयो भने पनि कन्सल्टेन्सीले आवस्यक परामर्शको काम गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS