IME Life

सूर्या लाइफको ब्राण्डिङ हेडमा मेघेन्द्र प्रकाश गिरी, दुई दशक भन्दा लामो अनुभव

SPIL
NIC ASIA

काठमाडौं । सूर्या लाइफको जनसम्पर्क तथा ब्राण्डिङ विभाग प्रमुखमा मेघेन्द्र प्रकाश गिरी नियुक्त भएका छन् । गिरी कायम मुकायम सहायक  महाप्रवन्धक पदमा नियुक्त भएका हुन् । ब्राण्ड डिजिटल मार्केटिङ एण्ड पब्लिक रिलेसन विभाग प्रमुखको रुपमा गिरीले गत बिहीबारदेखि नै कार्यभार सम्हालिसकेका छन् ।

सिर्जनशिल सोचलाई व्यवहारमा उतार्न खप्पिस मेघेन्द्र प्रकाश गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल पात्र मानिन्छन् । एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ र मिडियाको दुनियाँमा आफ्ने छुट्टै पहिचान बनाउन सफल गिरीले यस क्षेत्रमा दुई दशक पार गरिसकेका छन् ।

Prabhu
Crest

बर्दियाको गुलरियामा जन्मिएका मेघेन्द्र प्रकाश गिरी सानैदेखि पढाइसँगै अन्य अतिरिक्त गितिवधिमा पनि अब्बल थिए । स्कुल लेभलमा मध्यम किसिमका गिरीले आइकममा कलेज टप गरे, त्यो पनि स्वःअध्ययन गरेर । २०४९ सालमा आइकम पुरा गरेपछि स्नातकको लागि नेपालगञ्जको महेन्द्र मल्टिपल क्याम्पसबाट स्नातक(बिकम) गरेका गिरीले एमबिएका साथै अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । साहित्य तथा क्रियटिभ क्षेत्रमा काम गर्न रुचाउने गिरीले धेरै वटा गित संगितको रचना गरिसकेका छन् ।

यो पनि पढ्नुहोस् ।

कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल नाम ‘मेघेन्द्र प्रकाश गिरी’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS