IME Life

अपर सोलुले आइपिओ निष्काशनका लागि पायो अनुमति, ३३ लाख ७ हजार कित्ता आउदै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई आइपिओ निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले प्रभावित क्षेत्र र सर्वसाधारणका लागि ३३ लाख ७ हजार ५०० कित्ता आइपिओ निष्काशनका लागि अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

Prabhu
Crest

कम्पनीको आइपिओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका भएर बहने सोलु खोलामा २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको लागत ४ अर्ब ४० करोड रुपैयाँ भन्दा माथि रहेको छ ।

हाल कम्पनीको संस्थापक समुहको शेयर पूँजी एक अर्ब एक करोड रुपैयाँ रहेको छ । सर्वसाधारण समुहको ३३ करोड ७ लाख रुपैयाँको आइपिओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ । जसमा सर्वसाधारण समुहको शेयर हिस्सा २४.५० प्रतिशत रहनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS