IME Life

महालक्ष्मी लाईफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न गरेको छ । होटल यात्री ठमेल काठमाण्डौमा बैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठिमा देशै भरीका १५ जना क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । बैशाख ६ गते संचालित कार्यक्रममा कम्पनीको बर्तमान व्यवसायीक स्थिति, पूँजी बृद्धि पछिको व्यवसायिक रणनीति र २०७८/७९ को व्यवसायिक लक्ष्य विषयमा छलफल भएको थियो ।

उक्त दिनको कार्यक्रममा १५ वटै प्रमुख, उप प्रमुखहरुले आ-आफ्नो क्षेत्रको व्यवसायिक अवस्था र २०७९ आषाढ सम्मको लक्ष्य विषयमा विस्तृत प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा सहभागिहरुको क्षमता अभिवृद्धिको लागि प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत द्धय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा चिफ मार्केटिङ अधिकृत प्रशान्तराज धमलाले छुट्टा छुट्टै विषयमा प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

त्यसै गरी बैशाख ७ गते संचालित कार्यक्रममा सहभागिहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरिएको थियो । नेपालमा  कुन कुन अपराधिक क्रियाकलापबाट गैरकानुनी रुपमा रकम आर्जन गरिन्छ, त्यसलाई वित्तिय क्षेत्रको विभिन्न निकाय मार्फत कसरी शुद्धीकरण गरिन्छ, यस्को रोकथामको उपायहरु र रिपोर्टिङ गर्ने तरिका बारेमा विस्तृत तालिम प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवरणको महत्व बारेमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रकाश पारेका थिए । त्यसै गरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS