IME Life

गभर्नरको पुनर्वहाली पछि थप ३६ अंकले घट्यो शेयर बजार

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार विरोधी गभर्नरको रुपमा चिनिएका महाप्रसाद अधिकारीको पुनर्नियुक्तीले बुधबार शेयर बजार थप ३६.७३ अंकले घटेको छ । अधिकारीले शेयरधितोकर्जामा ४/१२ को सिमालाई परिवर्तन गर्न नमान्दा लगानीकर्ता रुष्ट छन् ।

अर्थमन्त्री जनार्दन शर्माले ४/१२ को सिमालाई हटाउन पटक पटक निर्देशन दिदा पनि अधिकारले मानेका थिएनन् । सर्वोच्चको अन्तरिम आदेश पछि गभर्नर अधिकारी थप शक्तिशाली भएका छन् । उनको पुनर्वहाली सँगै लगानीकर्ता थप आत्तीएका छन् ।

Prabhu
Crest

बुधबार नेप्से सूचक ३६.७३ अंकले घट्दा कारोबार रकम पनि एक अर्ब ४५ करोड रुपैयाँमा सिमित भएको छ । हिजो मंगलबार शेयर बजार थामिएको भनिएता पनि आजै बजार थप तल झरेको छ । पछिल्ला दिनमा एक दिन शेयर बजार सुधार देखियो भने चार दिन घटिरहेको छ ।

आज कारोबार सुरु भएदेखि नै घट्न थालेको थियो । आजै अधिकाम्स बैंकहरुले तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गरे पनि यसले खासै प्रभाव पार्न सकेन । राम्रो नाफा गरेका केहि बैंकको शेयर मूल्यमा सुधार देखिए पनि ११ वटा बैंकको नाफा घटेकाले ति कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ ।

आज सर्वाधिक धेरै बढ्ने क्रममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेष्डोको भने घट्ने क्रममा सर्किट लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS