IME Life

बाणिज्य बैंकले ९ महिनामा कमाए ५० अर्ब ८९ करोड रुपैयाँ मुनाफा, ग्लोबलको सर्वाधिक हुँदा कसको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाशिक अवधिमा ५० अर्ब ८९ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको तुलनामा बाणिज्य बैंकहरुको मुनाफामा भने खासै सुधार हुन सकेन । यस अवधिमा जम्मा ०.५९ प्रतिशतको मात्रै सुधार देखिएको छ । गत वर्षको यहि अवधिमा बैंकहरुले ५० अर्ब ५९ करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।

२७ बाणिज्य बैंकहरु मध्ये ११ वटाको मुनाफामा गिरावट देखिएको छ । केहि बैंकहरुको मुनाफामा उल्लेख्य सुधार देखिए पनि अधिकाम्सको मुनाफामा खासै सुधार भएन । यस त्रैमाशमा सबैभन्दा धेरै सुधार सेञ्चुरी बैंकले छलाङ मारेको छ । बैंकले गत वर्षको यहि अवधिमा जम्मा ३५ करोड रुपैयाँ मुनाफा आर्जन गरेकोमा यस त्रैमाशमा एक अर्ब एक करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

Prabhu
Crest

यस वर्ष सिभिल बैंकको मुनाफामा पनि उल्लेख सुधार देखिएको छ । बैंकले ८० प्रतिशतले मुनाफा बढाउदै ९० करोड रुपैयाँ आर्जन गरेको छ । गएका वर्षमा सिभिल र सेञ्चुरी सबैभन्दा कम मुनाफा आर्जन गर्ने बैंकहरु थिए । तर यस पटक भने छलाङ मारेका छन् ।

यस त्रैमाशिक अवधिमा सबैभन्दा कम मुनाफा गर्नेमा लक्ष्मी र बैंक अफ काठमाण्डू छन् । लक्ष्मीको मुनाफा ३३ प्रतिशतले घटेर ८५ करोड रुपैयाँमा सिमित भएको छ भने बैंक अफ काठमाण्डूको २५ प्रतिशतले घटेर ८७ करोड रुपैयाँमा सिमित भएको छ ।

यस त्रैमाशिक अवधिमा सर्वाधिक धेरै ग्लोबल आइएमई बैंकले तीन अर्ब ७२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकको मुनाफा तीन अर्ब ५७ करोड रुपैयाँ थियो । यस पटक सर्वाधिक धेरै मुनाफा गर्ने मध्ये दोस्रो स्थानमा रहेको एनआईसी एशियाले २० प्रतिशतले सुधार गर्दै तीन अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ । प्रतिशेयर आम्दानीको हिसावमा भने एनआईसी एशिया सबैभन्दा अगाडी छ ।

सधै अग्रस्थानमा रहेन नविल बैंक यस पटक भने तेस्रो स्थानमा झरेको छ । खराब कर्जा बढ्दा ८.७२ प्रतिशतले मुनाफा खुम्चिएको छ । बैंकले तीन अर्ब ३५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै चौथो स्थानमा रहेको प्राइम बैंकले २ अर्ब ७२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै एनएमबी बैंकको पनि २ अर्ब ६६ करोड रुपैयाँ मुनाफा रहेको छ ।

दुई तीन वर्ष अगाडी नविल बैंकलाई पनि उछिनेको सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंक यस त्रैमाशिक अवधिमा भने छठौ स्थानमा झरेको छ । बैंकले २ अर्ब ६१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गएका वर्षमा सुस्ताएका स्ट्याण्डर्ड चार्टर्ड, सन राइज, एसबिआई यस पटक भने माथि उठेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS