IME Life

थोरै आम्दानी भएकाले ठुलो रकमको जीवन बीमा कसरी गर्ने ? सन्दिप कसजुको सुझाव

SPIL
NIC ASIA

सन्दिप कसजु

काठमाडौं । हामी जीवनमा आइपर्ने अप्ठ्यारा अवस्थालाई व्यवस्थापन गर्न खुत्रुकेमा नियमित रुपमा थोरै थोरै पैसा जम्मा गर्छौ । यसको उद्देश्य भनेको थोरै थोरै गरेर पैसा जम्मा गर्ने र भविष्यमा भैपरी आउने आवस्यकता पुर्ती गर्नु हो । त्यस्तै कतिपयले आफ्नो बचत तथा आम्दानीलाई दराजमा राख्छौ । तर त्यो विस्तारै विस्तारै गरेर सकिन्छ । बीमा भनेको त्यहि दराजमा भएको पैसालाई खुत्रुकेमा सार्ने काम हो ।

Prabhu
Crest

दराजमा भएको रकम विस्तारै नासिन सक्छ । दराजमा राखिएको भन्दा खुत्रिकेमा राखिएको पैसा जति सुरक्षित र भरपर्दो हुन्छ त्यो भन्दा पनि लाभदायक बीमा योजना खरिद गर्दा प्राप्त गर्न सकिन्छ । बीमा योजना खरिद गर्ने वित्तीकै हामीले विभिन्न सेवासुविधा पाउन सक्छौ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा बीमाका विभिन्न योजनाहरु सञ्चालन भइरहेका छन् । हामीले न्युन आयस्रोत भएका नेपालीहरुलाई लक्षित गरी म्यादी जीवन बीमा योजनाको रुपमा ‘रिलायन्स जीवन शान्ति बीमा योजना’ ल्याएका छौ ।

यो बीमा योजना १६ वर्षदेखि ५५ वर्ष उमेर समुहका कुनै न कुनै पेसा व्यवसायका व्यक्तिहरुले खरिद गर्न सक्ने छन् । यो बीमा पोलिसी न्युनतम ५ वर्षदेखि अधिकतम २५ वर्ष अवधिको लागि खरिद गर्न सकिनेछ । पछिल्लो जनगणना अनुसार १८ देखि २४ वर्ष उमेर समुहका व्यक्तिहरुको संख्या सर्वाधिक धेरै छ । हामीले आउदा दिनमा यो उमेर समुहलाई समेटेर बीमा योजना ल्याउनु पर्ने हुन्छ ।

हामीले म्यादी जीवन बीमा गर्यौ भने हामीलाई केहि मात्रै तलमाथी भयो भने सुरक्षण हुन्छ भन्ने उद्देश्यका साथ खरिद गरिन्छ । जस्तो दुर्घटनाको कारण परिवारमा सबैभन्दा धेरै आम्दानी गर्ने व्यक्तिको दुर्घटना वा अन्य जुनसुकै कारणले मृत्यु भयो वा दुर्घटनाको कारण शारिरिक असक्तता भयो भने यस्तो बीमाले सम्बन्धित परिवारलाई सहयोग गर्नेछ । अन्य सावधिक जीवन बीमाको जस्तो यसमा पोलिसी परिपक्व भए पछि एकमुष्ट रुपमा पैसा पाइदैन । त्यसैले गर्दा आवधिक जीवन बीमामा खासै आकर्षण देखिदैन ।

यदि भर्खरै जागिर खाइरहेको २५/३० वर्षको युवालाई ५० लाख रुपैयाँको बीमा गर्ने आवस्यकता वा महशुस भयो भने उहाँलाई वार्षिक ३/४ लाख रुपैयाँ आवस्यक पर्छ । तर सबैले यति धेरै बीमा शुल्क भुक्तानी गर्न सक्दैनन् । यदि हामीले ३० लाख रुपैयाँको सावधिक जीवन बीमा योजना र २० लाख रुपैयाँको आवधिक जीवन बीमा योजना खरिद गर्यौ भने थोरै रकममा ५० लाख रुपैयाँको बीमा गर्न सक्छौ । जहाँ हाम्रो बचत पनि हुन्छ साथै सुरक्षण पनि ।

त्यसैले मैले जहिले पनि बीमा गर्दा सावधिक जीवन बीमा र आवधिक जीवन बीमालाई संयुक्त ‘बण्डलिङ’ रुपमा लिन सुझाव दिने गरेको छु । मैले जतिको बीमा गर्ने इच्छा गरिरहेको छु त्यो आधारमा ६० प्रतिशत बचत हुने खालको सावधिक र ४० प्रतिशत जोखिम मात्रै बहन हुने आवधिक जीवन बीमा खरिद गर्दा राम्रो हुन्छ । यसरी दुई वटा योजनालाई लिएर जादा हामीले सजिलै बीमा शुल्क व्यवस्थापन गर्न सक्छौ ।

सबैभन्दा रमाइलो पक्ष, रिलायन्स लाइफको जीवन शान्ती बीमा योजना वार्षिक १७ हजार २८० रुपैयाँ तिर्दाखेरी ५० लाख रुपैयाँको बीमा गर्न सकिन्छ । यसका लागि बीमितले महिनाको १४४० रुपैयाँ छुट्टाए पुग्छ । दिनको हिसाव गर्ने हो भने हामी दैनिक ४८ रुपैयाँमा ५० लाख रुपैयाँको जोखिम खरिद गर्न सक्छौ । यो बीमाको मूख्य आकर्षण भनेको कम पैसामा ठुलो रुपैयाँको बीमा गर्न सकिन्छ ।

हामीले आवधिक जीवन बीमा योजना मात्रै खरिद गर्यौ भने जोखिम त बहन गर्न सक्छौ तर हामी सँग बचत हुँदैन त्यसैले सावधिक जीवन बीमा योजना पनि खरिद गर्न जरुरी छ । तर हाम्रो आयस्रोतका कारण ठुलो बीमाङ्कको सावधिक जीवन बीमा योजना खरिद गर्न सक्दैनौ । त्यसैले मध्यम किसिमको आम्दानी तथा व्यवसाय भएका व्यक्तिहरुलाई प्याकेजमा खरिद गर्दा सबैभन्दा राम्रो हुन्छ ।

साथै भोलिका दिनमा आम्दानी बढ्यो भने हामी आवस्यकता अनुसार पोलिसी थप्न सक्छौ । म्यादी जीवन बीमालाई भविष्यमा फिर्ता आउदैन भन्ने हिसावले भन्दा पनि वार्षिक ५/७ हजार रुपैयाँ बढी खर्च गर्दाखेरी राम्रो खालको पोलिसी खरिद गर्न सकिन्छ भने किन नलिने ।

हाम्रो भविष्य कसैलाई पनि थाहा छैन । भवितव्य भइहाल्यो भने हाम्रो परिवारका सदश्यको सुरक्षा हुनेछ । आज म जुन अवस्थामा छु भोलिका दिनमा त्यहि अवस्थामा हुन सकुला या नसकुला । त्यसैले दैनिक १५/२० रुपैयाँ बढी खर्च गर्दा मेरो परिवारका प्रियजनहरु जो मेरो कमाइमा आश्रीत छन् । उनिहरुलाई भोलिका दिनमा ठुलो राहत मिल्नेछ । सबैलाई मेरो अनुरोध बीमा गराउदा बचत योजना गर्नु पर्छ साथ साथै थोरै प्रिमियम तिरेर ठुलो जोखिम बहन गर्ने गरी म्यादी जीवन बीमालाई थपेर प्याकेजमा खरिद गर्नु पर्छ । यसरी बीमा गराउदा हामीले ठुलो बीमाङ्कको बीमा गराउन सक्छौ ।

(कसजु रिलायन्स लाइफको एजेन्सी सेल्स प्रमुख हुन् ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS