IME Life

एनआईबिएल समृद्धि फण्ड १ परिपक्व, फिर्ता गर्यो इकाईधनीको लगानी रकम

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रही एनआईबिएल म्युचअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल समृद्धि फण्ड १ पुस २२ गते परिपक्व भएको छ ।

“एनआईबिएल समृद्धि फण्ड १ ले आफ्नो इकाईधनीहरुले लगानी गरेको रकम चैत १३, २०७८ बाट फिर्ता गरेको छ । फिर्ता भुक्तानी रकम प्रचलित कानुन बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा रहेको बैंक खातामा नै जम्मा गर्ने जनाएको छ ।

Prabhu
Crest

यस योजनाले १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाईको सार्वजनिक निष्कासन गरेको थियो । योजनाको अन्तिम प्रति इकाई खुद सम्पत्ति मुल्य १२.७४ रुपैयां कायम भएको छ र सो अनुसारनै फिर्ता भुक्तानी गरिएको छ ।

सचांलन अवधि ७ वर्ष रहेको यस योजनाले औषत वार्षिक १७.९९ प्रतिशत प्रतिफल प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा यस योजनाका इकाईधनीहरुले सर्वाधिक ३५ प्रतिशत नगद लाभांश पाएका थिए । आर्थिक वर्ष २०७२/७३, २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा भने क्रमशः १५ प्रतिशत, १८ प्रतिशत, १२ प्रतिशत, ६.५ प्रतिशत र १२ प्रतिशत नगद लाभांश लगानीकर्ताहरुले पाएका थिए ।

हाल सम्म, यस क्यापिटलले “एनआईबिएल म्युचुअल फण्ड“ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । साथै नयाँ बन्दमुखी योजना एनआइबिएल ग्रोथ फण्ड नेपाल धितोपत्र बोर्डमा पेश भएर प्रारम्भिक चरणमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS