IME Life

अभिकर्ताको रुपमा चिनिन पाउँदा खुशी लाग्ने निर्मला एजेन्सी म्यानेजरदेखि अभिकर्ता संघको अध्यक्षसम्म

SPIL
NIC ASIA

काठमाडौं । पोखरा मालेपाटनकी निर्मला थापा बराल विगत ६ वर्षदेखि बीमा अभिकर्ताको रुपमा सक्रिय छिन् । अभिकर्ता पेशाले दिएको आत्मविश्वास र यहि क्षेत्रबाट बटुलेको साहसका कारण उनी समाजमा एक अब्बल र सक्षम नारीको रुपमा चिनिएकी छिन् । घरभन्दा बाहिरी दुनियामा पनि छोरी मान्छेले नेतृत्व लिन सक्छ भन्ने कुराको प्रत्यक्ष उदाहरण बनेकी छिन् निर्मला । निर्मलाको क्षमतालाई प्रष्फुटन गर्ने अवसर भने सूर्या लाइफ इन्स्योरेन्सले दिएको उनी बताउँछिन् ।

Prabhu
Crest

निर्मलाको अभिकर्ता यात्रा भने मेटलाइफबाट सुरु भएको थियो । तर सूर्यालाइफ कम्पनीको सिस्टम र पोलिसी राम्रो लागेपछि भने उनी मेटलाइफ छाडेर सूर्यलाइफ प्रवेश गरेकी थिइन् । उनलाई अभिकर्ता बन्न भने एउटा घटनाले प्रेरित गरेको थियो । चिनजानकै मानिसको गाडी दुर्घटनापछि बीमाले दिएको राहतले उनलाई बीमा क्षेत्र उपयुक्त लागेको थियो । तसर्थ अभिकर्ता बनेर समाजमा बीमाको ज्ञान बाँड्ने उनले दृढता राखिन् । सोही अनुसार उनी मेटलाइफ इन्स्योरेन्समा प्रवेश गरिन् । १५ वर्षअघि मेटलाइफमा प्रवेश गरेकी निर्मलाले घरव्यवहार सम्हालेर बाँकी बसेको समयलाई बीमित समक्ष पुग्न सदुपयोग गरिन् । जसअनुरुप हालसम्म उनी यस क्षेत्रमा लागि परेकी छिन् ।

लामो समयदेखि अभिकर्ता क्षेत्रमा लागि परेकी निर्मला विगत चार वर्षदेखि सूर्यालाइफ इन्स्योरेन्स, अभिकर्ता संघका अध्यक्ष हुन् । अभिकर्ताको हकहितलाई सुनिश्चित गर्नका लागि स्थापना गरिएको यस अभिकर्ता संघले थुप्रै काम गर्दै आइरहेको उनको भनाई छ । यसै संघको माध्यमबाट विशेषगरि महिला वर्गलाई प्राथमिकतामा राख्दै विभिन्न तालिमहरु समेत सञ्चालन हुँदै आइरहेको छ । उनले अभिकर्ता पेशासँगै घरगृहस्थी र आफ्नो व्यवसायलाई समेत अघि बढाइरहेकी छिन् । अभिकर्ता पेशाबाट आर्जन भएको कमाइबाट उनी सन्तुष्ट छिन् । साथै उनले एक असल अभिभावकको जिम्मेवारी वहन गर्न समेत सफल भएको उनको भनाई छ ।

निर्मलाको एक छोरा र एक छोरी छिन् । छोरीको विवाह भइसकेको छ भने छोरा अध्ययनरत छन् । छोराले आफूसँग केही माग राख्दै गर्दा उनी ढुक्कसँग छोराको माग पुरा गर्छिन् । श्रीमानको कमाइ राम्रै छ । तर उनी आफ्नै कमाइले छोराको आवश्यकता पुरा गर्न चाहन्छिन् । आफू आर्थिक रुपमा सबल भएकोले नै छोराले आवश्यकता पुरा गरिदिन भनेको हो भन्ने उनको सोच छ । तसर्थ एक असल र आर्थिक रुपमा सक्षम भएकी आमा बन्न पाउँदा आफूलाई गर्व महसुस हुने उनी बताउँछिन् । श्रीमानको साथ सहयोगकै कारण अभिकर्ता पेशामा जमेकी उनले यहि पेशाबाट आजैन गरेको रकमबाट घडेरी जोडेकी छिन् । उनको यो मेहेनत र सफलतालाई तारिफ गर्दै श्रीमानले अझै अघि बढ्न प्रेरणा दिने गरेको उनी बताउँछिन् ।

उनको सफलता र कमाइलाई नजिकबाट नियालेकी उनकी छोरी दिक्षा क्षेत्री पनि अभिकर्ता पेशामा नै संलग्न छिन् । उनी बिगत तीन वर्षदेखि पोखरामा सूर्यालाइफको एजेन्सी म्यानेजरको रुपमा कार्यरत छिन् । यसका साथै उनका ज्वाई सुदर्शन श्रेष्ठले पनि अभिकर्ता पेशालाई नै अंगालेका छन् । उनले आफूसँगै छोरी र ज्वाइ पनि सूर्यालाइफको अभिकर्ता भएकोले काममा थप सहज हुने गरेको उनी सुनाउँछिन् ।

अभिकर्ता पेशाको यो यात्रामा उनले हालसम्म साढे दुई सयभन्दा बढीलाई बीमा पोलिसी बिक्रि गरिसकेकी छिन् । बीमा गर्नु भनेको बचत गर्ने बानिको थालनी र सोही सानो बचतले भविष्यमा आइपर्ने दुर्घटनाको रिकभर गर्ने भएकोले उनी सबैलाई जीवन बीमा गर्न सुझाउँछिन् । उनको समुहमा हाल ६० जनाभन्दा बढी कार्यरत छन् । उनले बार्षिक रुपमा ६ लाखभन्दा बढी प्रिमियम संकलन गर्दै आएकी छिन् । विशेष गरि उनी सानो पोलिसी बिक्री गर्न रुचाउने उनी बताउँछिन् ।

अभिकर्ता यात्राको दौरानमा व्यक्तिप्रतिको विश्वासका कारण पनि बीमा गराउने मानिसरु भेटेकी छिन् । कम्पनीको बारेमा खासै जानकारी लिन नखोज्ने र अभिकर्ताकै भरमा बीमा गराउनेहरु धेरै भेटिने उनको अनुभव छ । तसर्थ बीमितले आफूप्रति गरेको विश्वासलाई घात गर्न नहुने उनी बताउँछिन् । सानो सानो बीमा पोलिसी थोरै वर्षमा परिपक्व हुने र प्रतिफल देखिने भएकोले पनि सानो बीमा पोलिसी गराउन राम्रो लाग्ने उनी सुनाउँछिन् । नरम बोली, धैर्यता र बोलिको पक्का हुने हो भने बीमा पोलिसी बिक्री गर्न कुनै अप्ठेरो नहुने निर्मलाको अनुभव छ ।

साधारणतया नेपाली समाजमा महिलालाई घरपरिवारमै सिमित राख्ने गरेको छ । तर निर्मला भने यो सोचबाट माथि उठ्नुपर्नेमा जोड दिन्छिन् । कुनै पनि महिलाले आफ्नै नामले चिनिनुपर्ने मान्यता राख्छिन् । यदि महिलाले आफ्नै परिचय बनाउन सकेमा अरुको अगाडी हात फैलाउन नपर्ने उनको भनाई छ । उनको यो आत्मविश्वास भने अभिकर्ता पेशाले दिएको उनी बताउँछिन् । अभिकर्ता बन्दै गर्दा उनले समस्याको सामना पनि गर्नुपरेको थियो । तर आफू अडिग भएर लागि परेको र साथमा श्रीमानको साथ भएकोले पछाडी फर्केर हेर्न नपरेको उनी बताउँछिन् । फलस्वरुप आफूलाई बीमा अभिकर्ताको रुपमा समाजमा चिनाउन पाउँदा खुशी लाग्ने गरेको उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS