IME Life

सेवा प्रवाह सुधार्न जनशक्ति भर्नामा केन्द्रित नेपाल रि, तीन महिनामै ३२ प्रतिशतले बढ्यो जनशक्ति

SPIL
NIC ASIA

काठमाडौं । निजी क्षेत्रको पूनर्बीमा कम्पनी संचालनमा आएपछि छिटोछरितो सेवा प्रदान गर्नुपर्ने दबाबमा रहेको सरकारी स्वामित्वको नेपाल पूनर्बीमा(नेपाल रि) कम्पनीले उल्लेख्य रुपमा नयाँ जनशक्ति भर्ना गरेको छ ।

नेपाल रिले विशेषगरी पूनर्बीमा सम्झौतावापतको दाबी फछ्र्यौटमा ढिलासुस्ती भएको गुनासो सम्बोधन गर्नको लागी प्राविधिक जनशक्तिको नियुक्तिलाई प्राथमिकता दिंदै जनशक्ति थप गरेको हो ।

Prabhu
Crest

नेपाल रिले सार्वजनिक गरेको चैत्र पहिलो सातासम्मको आवधिक प्रतिवेदन अनुसार हाल स्थायी र करार समेत गरी ६२ जना कार्यरत छन् । गत असोज यता कम्पनीको जनशक्ति झण्डै ३२ प्रतिशतले वृद्धि भएको छ । नेपाल रिमा गत पौष महिलो सातासम्ममा जम्मा ४७ जना कर्मचारी कार्यरत थिए ।

छोटो समयमा आक्रामक रुपमा अण्डरराइटिङ गर्दै जोखिम स्वीकार गरिरहेको निजी क्षेत्रद्वारा प्रवद्र्धित हिमालयन रिइन्स्योरेन्स कम्पनीका कारण नेपाल रिकोे उच्च व्यवस्थापन अहिले प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने दबाबमा रहेको छ । अनिवार्य पूनर्बीमा मार्फत् नेपाल रिले स्वदेशी बीमकबाट २० प्रतिशत पूनर्बीमा व्यवसाय सुनिश्चितताको एकलौटी फाइदा उठाउँदै आएकोमा पूनर्बीमा निर्देशिका २०७८ को पहिलो संशोधनले नेपाल रिको एकाधिकार तोडिदिएको छ । निर्देशिकाले निजी पूनर्बीमकलाई पनि नीतिगत रुपमा संरक्षण प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS