IME Life

फागुन मसान्तमा राजश्व संकलन लक्ष्य भन्दा धेरै, बजेट खर्च जम्मा ४१.९१ प्रतिशत मात्रै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारले फागुन मसान्तसम्ममा राजस्व संकलन लक्ष्य भन्दा धेरै गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले फेसबुक पेज मार्फत नेपाल सरकारले फागुन मसान्तसम्ममा ७ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको उल्लेख गरेका छन् । सरकारले यहि अवधिमा ७ खर्ब १९ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो ।

Prabhu
Crest

दैनिक बजेटरी प्रणाली अनुसार हिजो आइतबारसम्ममा नेपाल सरकारले राज्यव मात्रै ६ खर्ब ९५ अर्ब रुपैयाँ संकलन गरेको छ । जसमा कर मार्फत ६ अर्ब ३८ अर्ब, गैर कर मार्फत ५७ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै अनुदान बापत १३ अर्ब ८८ करोड रुपैयाँ प्राप्त गरेको छ भने अन्य आम्दानी ३८ अर्ब रुपैयाँ रहेको छ ।

सरकारले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ६० प्रतिशत पुरा गरेको छ । त्यस्तै खर्च भने नासिक अवस्थामा छ । लक्ष्य अनुसार अहिलेसम्म ४१.९१ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले चालु खर्च ५ अर्ब ४३ अर्ब रुपैयाँको गर्दा पूँजीगत खर्च ८० अर्ब ९३ करोड रुपैयाँ मात्रै छ । त्यस्तै वित्तीय खर्च ५९ अर्ब ८७ करोड रुपैयाँ मात्रै भएको छ । सरकारले लक्ष्य अनुसार अहिलेसम्ममा ४१.९१ प्रतिशत मात्रै खर्च गरेको छ । जवकी आर्थिक वर्ष सकिन अव चार महिना पनि पुरा छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS