IME Life

छ महिनामा बीमा समितिले जारी गर्यो छ वटा निर्देशिका

SPIL
NIC ASIA

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको बीमा समितिले चालू आर्थिक वर्षको पहिलो छ महिनामा ६ वटा निर्देशिका जारी गरेको छ । बीमा सेवा क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागी बीमा समितिले पुराना निर्देशिकाहरुको संशोधन, अध्यावधिक गर्ने तथा निर्देशिका नभएको विषयमा निर्देशिका तयार पारेर जारी गर्ने कार्य गरेको छ ।

बीमा समितिले जारी गरेको अद्र्ध वार्षिक समिक्षा प्रतिवेदन अनुसार बीमकको जोखिम आधारित पूँजीको निर्धारणको लागी रिस्क बेस्ड क्यापिटल एण्ड सोल्भेन्सी निर्देशिका २०७८ जारी गरिएको छ । नेपालको बीमा क्षेत्रमा पहिलो पटक यो व्यवस्था लागू गर्न लागिएको हो ।
यो निर्देशिका अनुसार अहिले जस्तो सबै निर्जीवन बीमक वा सबै जीवन बीमकको लागी समान चुक्ता पूँजीको व्यवस्था क्रमशः परिमार्जन गर्दै सम्बन्धित बीमकले बहन गर्ने जोखिमको आधारमा चुक्ता पूँजीको निर्धारण गरिनेछ । यो निर्देशिका बमोजिम २०८४ सम्ममा सबै बीमकले जोखिममा आधारित चुक्ता पूँजीको व्यवस्थापन गर्नुपर्नेछ । यसअघि बीमा समितिले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस,नेपाल फाइनान्सियल रिपोर्टिङ सिस्टम)को आधारमा जोखिम व्यवस्थापन गर्दै आएको थियो ।

Prabhu
Crest

यसबाहेक बढ्दो जनघत्वको कारण प्राकृतिक साधन श्रोतमाथि चरम दोहनको कारण सर्वाधिक विश्वमै चिन्ता र चासोको विषय बनेको जलवायु जोखिमका कारण बीमा क्षेत्रमा पर्न सक्ने संभावित जोखिमलाई सम्बोधन गर्नको लागी बीमा समितिले पहिलो पटक जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ ।

नेपालको पूनर्बीमा व्यवसायलाई व्यवस्थित बनाउन तथा स्वदेशी बीमकले गराउँदै आएको पूनर्बीमालाई निर्देशित गर्नको लागी बीमकको पूनर्बीमा निर्देशिका २०७८ जारी गरेको छ । यो निर्देशिकाको प्रावधानभन्दा बाहिर गएर अनिवार्य पूनर्बीमा (म्यानडेटरी सेसन) परिपत्र जारी गरेको बीमा समितिले निर्देशिका जारी गरेको छ महिना नहुँदै निर्देशिका नै संशोधन समेत गरेको छ ।

यस बाहेक बीमा समितिले दुर्घटना बीमा निर्देशिका, कफि खेती बीमालेख (उत्पादनमा आधारित) जारी गरेको छ। बीमकको संस्थागत सुशासन निर्देशिकालाई सामान्य संशोधन गर्दै अभिकर्तालाई कुनै पनि किसिमको कर्जा दिन रोक लगाएको छ । तर संशोधित निर्देशिकासँगै राखिएको तीन महलेमा अभिकर्तालाई कुनै पनि किसिमको कर्जा दिन रोक लगाइएको भन्ने वाक्यांश उल्लेख भएकोमा पछि समितिले वेभसाइटबाट उक्त तीन महले हटाएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS