IME Life

बीमा समितिको अर्धवार्षिक समिक्षा, यि हुन् समितिले सम्पन्न गरेका २० प्रमुख कार्यहरु (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । समितिले समिक्षा अवधिमा सम्पन्न गरेका २० कार्यहरुको समिक्षा गर्दै अर्थमन्त्रालयमा पेश गरेको छ । समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले ७० अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समितिका अनुसार जनसंख्याका आधारमा बीमाको पहुँच ३२.१६ प्रतिशतमा पुगेको छ ।

समितिले दोस्रो त्रैमासिक अवधिमा सम्पादन गरेका मुख्य मुख्य कार्यहरुको विवरण निम्न प्रकार छन् ।

Prabhu
Crest

१. आर्थिक वर्ष २०७७/७८ को पुष मसान्त सम्ममा सबै बीमा कम्पनीहरु मार्फत ६९ लाख ६२ हजार ८४ जीवन बीमालेख बिक्री भएकोमा आर्थिक वर्ष २०७८/७९ को पुष मसान्त सम्ममा १ करोड १ लाख २९ हजार ४०७ जीवन बीमालेख बिक्री भएको छ । उक्त तथ्याङ्क बमोजिम २०७८ पुष मसान्तमा बीमाको दायरा ३१.९७ प्रतिशत नेपालीमा पुगेको छ । नेपालबाट वैदेशिक रोजगारमा जाने नेपालीहरुको अनिवार्य वैदेशिक रोजगार म्यादी बीमा गर्नुपर्ने नेपाल सरकारको नीति अनुरुप वैदेशिक रोजगारमा गएका नेपालीहरुको समेत बीमालेख थप गर्दा २०७८ पुष मसान्तसम्ममा १ करोड १० लाख ३९ हजार ३१६ बीमालेख बिक्रि भएको छ । यो तथ्याङ्क समेत थप गर्दा बीमाको दायरा ३४.९९ प्रतिशत नेपालीमा पुगेको छ ।

२. आर्थिक वर्ष २०७७/७८ को पुष मसान्त सम्ममा मुलुकमा ४० वटा बीमा कम्पनीका कार्यलयहरु मर्फत १०,६१६जना नेपाली नागरीकले प्रत्यक्ष रोजगारी प्राप्त गरेकोमा चालु आर्थिक वर्ष २०७८/७९ को पुष मसान्त सम्ममा ४१ कम्पनीका कार्यलयहरु मार्फत ११,८०२ जना नेपालीहरुले प्रत्येक्ष रोजगार प्राप्त गरेका छन । समिक्षा आवधिमा बीमा क्षेत्रमा रोजगारी सिर्जनामा ११.१७ प्रतिशतले वृद्धि भएको छ ।

३. नेपाल सरकारले सबै नागरिकहरुमा बीमाको पहुँच पर्याउने उदेश्यले आर्थिक वर्ष २०७४/०७५ को बजेट वक्तव्यमा आर्थिक वर्ष २०७६/०७७ को अन्त्य सम्म सबै बीमा कम्पनीहरु मार्फत १० प्रतिशत लघु बीमा व्यवसाय गर्नपर्ने गरी नीतिगत व्यवस्था गरेकोमा चालु आर्थिक वर्ष २०७८/०७९ को पुष मसान्त सम्म जीवन बीमा तर्फ १०.९० प्रतिशत र निर्जीवन बीमा तर्फ ०.८४ प्रतिशत पुगेको छ । वीमा कम्पनीहरुले लघु बीमा व्यवसायलाई प्रभावकारी कार्यन्वयन गर्न सकुन भन्ने उदेश्यले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा शाखा रहित घुम्ती बीमा सेवा संचालन गर्ने नीतिगत व्यवस्था अनुसार बीमा क्षेत्रको नियमन निकाय बीमा समिति मार्फत सबै बीमा कम्पनीहरुले अनिवार्य रुपले शाखा रहित घुम्ती बीमा सेवा संचालन गर्नुपर्ने गरी निर्देशन जारी गरी सकेको छ ।

४. बीमा क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका आधारमा बिकास गर्न, बीमामा देखिएको बदलिदो परिवेश तथा त्यसबाट उत्पन्न चुनौति सामना गर्न तथा सिर्जित अवसरहरू प्रभावकारी रूपले उपयोग गर्न सबै क्षेत्रमा बीमाको पहुँच बढाउन, बीमा क्षेत्रको गुणस्तर कायम गर्न तथा बिद्यमान विविध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्नको लागि राष्ट्रिय बीमा नीति तयार गरि नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाईएको छ ।

५. बीमकले अभिकर्तालाई नगद रुपमा कुनै पनि कर्जा प्रवाह गर्ने कार्य रोक्नको लागि निर्देशन दिइएको छ ।

६. दर नतोकिएका निर्जिवन बीमामा न्यूनतम बीमादर कायम गर्न मिति २०७८ साल भदौ ३० गते “MINIMUM PREMIUM RATE FOR NON TIRIFF INSURANCE BUSINESS” लागु गरिएको छ ।

७. कफि बीमालेखलाई समयानुकुल परीमार्जन, कृषि बीमाको अनुदान नियमित रुपमा वितरण, बीमा समितिको बार्षिक प्रतिवेदन लागायतका बुकलेटहरु प्रकाशन, किवि र ड्रागन फल खेती बीमालेख निर्माण, बाखा बीमालेख संसोधन, लघुबीमा सम्बन्धी अनुसन्धान प्रतिवेदन, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिमहरुमा सहजीकरण एवं सबै निर्जीबन बीमकहरुको स्थलगत निरिक्षण लगायतका कार्यहरु सम्पन्न भएको छ ।

८. अर्धन्यायिक निकायको रूपमा स्थापित बीमा समितिले चालु आर्थिक वर्षको पुष मसान्तसम्म समितिबाट ५५ वटा उजुरीहरु किनारा लगाई सकिएको छ । जस मध्ये ३५ वटा बीमा दावी उजुरीहरु न्यायीक निरुपणको माध्यमद्वारा किनारा लगाईएको छ भने बाँकी २० वटा उजुरीहरु बीमा समितिको रोहवरमा बीमक र बीमित बिच आपसी सहमती तथा मेलमिलाप भई किनारा लगाईएको छ ।

९. बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उदेश्यले आ.व २०७८।७९ मा वाग्मती प्रदेश, प्रदेश नं १, मधेश प्रदेश, सूदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सरकारसँग, ४८ स्थानिय तहका जनप्रतिनिधिहरुसँग र ३ विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै, बीमकका प्रमुख कार्यकारी अधिकृत, दावी एवं अण्डरराईटिङ्ग विभागका प्रमूख लगायत देशका विभिन्न स्थानहरुमा बीमकका शाखा प्रमूखहरुसँग पनि निरन्तर रुपमा अन्तरक्रिया तथा छलफल गर्दै आईरहेको छ ।

१०. बीमा समिति र शहरी विकास तथा भवन निर्माण विभागविच सहमति गरी समितिको अत्याधुनिक नयाँ भवन निर्माणका लागि माननिय अर्थमन्त्री र शहरी विकास मन्त्रीद्धारा मिति २०७८।०८।२७ मा भवनको शिलान्यास भई निर्माण कार्य प्रारम्भ भईसकेको छ ।

११. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर र बीमा समितिविच मिति २०७८।०४।२६ मा भएको सम्झौता बमोजिम समितिको 0&M Survey प्रारम्भिक प्रतिवेदन समितिमा पेह भईसकेको छ ।

१२. बीमा समितिद्धारा यसै आर्थिक बर्षमा ११२० जना व्यक्तिहरुलाई सर्भेयर तालिम प्रदान गरिएको ।

१३. बीमा समितिबाट Insurance Regulatory Management Information System (IRMIS) सफ्टवेयर सञ्चालन भै बीमक, बीमा अभिकर्ता, बीमा सर्भेयर लगायत बीमा व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित गरिएका तथा बीमा सम्बन्धी डाटा व्यवस्थापनको लागि मितिः २०७८।०४।०१ मा सर्भर जडान गरिएको छ ।

१४. नेपालमा बीमा क्षेत्रको विकास र बिस्तारसँगै बीमाजस्तो प्राविधिक विषयवस्तुको अध्ययन, अध्यापन मुलुकभित्रै गराई बीमा क्षेत्रमा रोजगारी सृजना गर्न र बीमा सम्बन्धी दक्ष जनशक्तीको मागलाई पूरा गर्दै बीमा क्षेत्रलाई थप शशक्त बनाउन बीमा विषयको अध्ययन, अध्यापनको लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय बमोजिम यस सम्बन्धमा सहभागिताको लागि मितिः २०७८।०८।२८ मा अर्थ मन्त्रालयमा समेत लेखी पठाईएको छ।

१५. बीमा व्यवसायको विकास र विस्तारसँगै समितिको नियमनकारी भूमिकालाई प्रभावकारी बनाउदै लैजान सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं २ मा बीमा समितिको प्रादेशिक कार्यालयको स्थापना स्थापना गर्ने र आगामी दिनमा क्रमशः सातवटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्दै जाने सम्बन्धमा मिति २०७४।०९।१९ मा निर्णय भएबमोजिम समितिको प्रादेशिक कार्यालयको लागि आवश्यक घर बहालमा लिने सम्बन्धि सूचना प्रकाशन गरिसकिएको छ ।

१६. बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उदेश्यले ३ भाषामा रेडियो जिङ्गल प्रसारण भईरहेको । साथै, बीमा सम्बन्धी जनचेतनामुलक भिडियो तयार भई नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको छ ।

१७. बीमाको मोर्टालिटि टेवल सम्बन्धी अध्ययनका लागि एक्च्युरियल सोसाईटि अफ नेपालसँग आवद्ध भई कार्य अगाडि बढेको छ।

१८. बीमा ऐन तथा बीमा नियमावली विपरित कार्य गर्ने तपसिलमा उल्लेखित बीमकहरु दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, युनियन लाईफ इन्स्योरेन्स, सन् नेपाल लाईफ इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, र सानिमा लाईफ इन्स्योरेन्स, लिलाई रु.१० हजारका दरले जरिवाना गरिएका छ ।

१९. परिपालन उल्लघंन गर्ने बीमक नेपाल लाइफलाई बीस हजार, बीमक प्राइम लाइफलाई दश हजार जरिवाना गरिएको छ भने बीमक जनरल इन्स्योरेन्सको सञ्चालक समितिलाई कारबाही गरिएको छ ।

२०. समितिले चालु आर्थिक वर्षमा ६ वटा निर्देशिका जारी गरेको छ । जसमा रिस्क वेस क्यापिटल एण्ड सोल्भेन्सी निर्देशिका २०७८, जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८, बीमकको पुनर्बीमा निर्देशिका २०७८, दुर्घटना बीमा निर्देशिका, कफि खेती बीमालेख (उत्पादनमा आधारित) जारी, बीमकको पुनर्बीमा निर्देशिका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS