IME Life

नेपाल पुनर्बीमा कम्पनीले दुईजना पुनर्बीमा विज्ञ नियुक्तिका लागि खुलायो विज्ञापन

SPIL
NIC ASIA

काठमाडौं । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले दुईजना पुनर्बीमा विज्ञ नियुक्ति गर्नको लागी विज्ञापन प्रकाशन गरेको छ । कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी स्वदेशी पूनर्बीमा विज्ञ र स्वदेशी पुनर्बीमा दाबी विज्ञ पदको लागी आवेदन माग गरेको हो । दुबै पदमा एक एक जना करारमा नियुक्त गरिने कम्पनीले उल्लेख गरेको छ ।

पुनर्बीमा विज्ञको लागी शैक्षिक योग्यताको हकमा स्नातकोत्तर तह उत्तीर्ण र बीमा समितिबाट मान्यता प्राप्त इन्स्टिच्युट अफ एक्चुअरीबाट फेलोशीप हासिल गरेको हुनुपर्ने छ । वा

Prabhu
Crest

बीमांकी सम्बन्धमा स्नातक तह उतीर्ण वा अन्य विषयमा स्नातकोत्तर उतीर्ण गरी बीमा विषयमा फेलोशिप वा एशोसिएटशीप वा लाइसेन्सशिप हासिल गरेको हुनुपर्नेछ ।

बीमा क्षेत्रमा व्यवस्थापन वा सो सरहको पदमा रही कम्तिमा एक दशक कार्य अनुभव भएको हुनुपर्ने छ । तर कुनै विद्यावारिधी गरेको उम्मेदवारको हकमा नौ वर्ष कार्य गरेको अनुभव खोजेको छ ।

त्यस्तै ,स्वदेशी पूनर्बीमा दाबी विज्ञ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उतीर्णको साथै बीमा कम्पनीमा दाबी व्यवस्थापनमा व्यवस्थापक पदमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

ईच्छुक योग्य उम्मेदवारले व्यवसायीक कार्य योजना सहित खामबन्दी निवेदन ३० दिन भित्र नेपाल पुनर्बीमा कम्पनीको प्रधान कार्यालयमा दर्ता गराउनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS