IME Life

तीन महिनामै एमडिआरटी बनेकी बबी गुरुङको नजरमा ‘अभिकर्ता पेशा समाज सेवाकै पाटो’

SPIL
NIC ASIA

काठमाडौं । पोखरा सिक्लेसका बबी गुरुङ समाज सेवामा रुची राख्छिन् । उनको सानो सहयोगले अरुलाई खुशी मिल्छ भने किन नगर्ने भन्ने सोच राख्छिन् उनी । आफूले सकेको सहयोग गर्न कतै पनि चुक्दिनन् । उनको नजरमा समाज सेवा हरेक कोणबाट गर्न सकिन्छ । सोही मध्ये पछिल्लो समयमा उनले रोजेको कोण हो अभिकर्ता पेशा । परिवारमा एक जनाको बीमा गराउँदै गर्दा निकट भविष्यमा सिंगो परिवार नै आर्थिक संकटबाट जोगिने भएकोले अभिकर्ता पेशालाई समाज सेवाको एउटा पाटोको रुपमा लिन्छिन् बबी गुरुङ ।

Prabhu
Crest

छोटो समयमै बबी गुरुङले अभिकर्ता पेशाबाट धेरै उपलब्धि हाँसिल गरेकी छिन् । उनले केही महिना अघि मात्रै सूर्या लाइफ इन्स्योरेन्समा अभिकर्ताको रुपमा प्रवेश गरेकी थिइन् । २०७८ साल भदौ महिनाको अन्तिमबाट सुरु भएको उनको अभिकर्ता यात्राले केही महिनामै एमडीआरटी बन्न सफल बनाएको छ । छोटो समयमै प्राप्त भएको यो सफलताले अभिकर्ता पेशाप्रति थप जिम्मेवार बनाएको बबी बताउँछिन् ।

वास्तवमा बबी गुरुङ एक व्यवसायी हुन् । उनले पोखरामा फेन्सी पसल सञ्चालन गर्दै आइरहेकी छिन् । एक असल गृहिणीसँगै उनी सफल व्यवसायी हुन् । यसका अलावा समाज सेवा क्षेत्रमा पनि सक्रिय छिन् । यी नै क्षेत्रमा उनको सक्रियाता भएकै कारण उनले अभिकर्ता पेशामा समेत सफलता प्राप्त गरेकी हुन् ।

बबीको अभिकर्ता यात्रा भने आफ्नै छोराको सूर्य लाइफमा बीमा गराएपछि सुरु भएको थियो । उनले आफ्नो छोरा र दिदीको छोराको गरि ३०/३० लाखको बीमा गराएकी थिइन् । सूर्या लाइफले उनलाई दशैं तिहारको टार्गेट समेत दिइएको थियो । उक्त अवधिमा उनले करिब ३५ जनाको हाराहारीमा बीमा गराएकी थिइन् । जसले गर्दा छोटो समयमै उनी एमडीआरटी बन्न सफल भएकी हुन् । उनका अनुसार धेरै जसो आफ्नै आफन्तहरुले उनीसँग बीमा गराएका छन् । बिदेशमा रहेका आफन्त साथी भाइलाई इन्स्योरेन्सको फाइदाबारे बुझाएपछि बीमा गर्न नाइ नास्ति नगर्ने उनी बताउँछिन् । अहिले कमाउन विदेशीएका आफन्तलाई इन्स्योरेन्स गराउँदा भविष्यमा धेरै फाइदा हुने, निकट भविष्यमा आर्थिक संकटबाट जोगाउने भएकोले पनि आफ्नो आफन्तलाई बीमा गराउन प्रेरित गर्ने गरेको उनी सुनाउँछिन् ।

बबीको श्रीमानले करिब ११ वर्ष अघि नै बीमा गराएका थिए । सोही समय साथी भाइले उनलाई अभिकर्ता बन्न प्रेरित गरेका थिए । तर त्यो समय उनका श्रीमानले खासै चासो नदिएको उनी सुनाउँछिन् । बबीकै बहिनीले बराम्बार अभिकर्ता बन्न सुझाव दिन्थिन् । तर कस्तो काम हो के हो भनेर उनले यो पेशामा जोडिन नखोजेको उनले सुनाइन् । समाजमा उनको इमेज राम्रो भएको साथै एक व्यवसायी भएकोले पनि उनीसँग थुप्रै मानिसहरु जोडिन्छन् । यसका साथै उनले कुरा गर्दै गर्दा उनको कुरा सही हो भन्ने धेरै भएकोले पनि आफ्नो बहिनीले बारम्बार अभिकर्ता बन्न प्रेरित गर्ने गरेको उनी बताउँछिन् । कारणबस आफ्नै छोराको बीमा गराउदा बीमाबारे सम्पूर्ण जानकारी लिएपछि भने अभिकर्ता बन्न इच्छा जागेको बबीको भनाई छ ।

हाल उनी बीमा गराउन बीमितको घर, आफन्त समक्ष पुग्दै गर्दा आफूसँगै श्रीमानले पनि सम्झाउने बुझाउने गर्नुका साथै सहयोग गर्ने गरेको उनि सुनाउछिन् । श्रीमानले पनि महिलाको लागि अभिकर्ता पेशा उपयुक्त भएको भन्दै उनलाई साथ दिने गरेका छन् । जसले गर्दा उनलाई यो पेशामा अघि बढ्न थप उर्जा मिलेको छ ।

अन्य व्यवसायसँगै घर गृहस्थी सम्हाल्दै आएकी बबीका अनुसार अभिकर्ता पेशा सामाजिक सञ्जाल मार्फत पनि गर्न सकिन्छ । जसकारण अभिकर्ता बन्न चाहाने जो कोहीले यस पेशाबाट राम्रो लाभ लिन सक्ने उनी बताउँछिन् । उनका अनुसार अभिकर्ता पेशाले उनको आर्थिक पाटो मात्र नभई सामाजिक पाटो समेत राम्रो बनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS