IME Life

उपभोक्तामैत्री प्रविधि विकास गर्दै भिभो

SPIL
NIC ASIA

काठमाडौं । भिभोले आफ्नो वार्षिक भिभो विकासकर्ता सम्मेलन (एन्यूअल भिडियो डेभ्लपर कन्फरेन्स) मा प्राविधिक प्रगतिका श्रृंखला प्रस्तुत गरेको छ । ब्रान्डले प्रयोगकर्ता उन्मुख रणनीतिलाई रेखांकित गर्दै प्रणाली कार्यसम्पादन, एप्लिकेसन सेवाहरू, आईओटी र उद्योग अवसरहरूमा कम्पनीले इकोसिस्टमको रूपरेखा झल्किने भिडियो प्रस्तुत गरेको थियो ।

“सन् २०२१ भिभोका लागि आवश्यक परिवर्तनहरू ल्याउने वर्ष सावित भयो, हामीले आफूलाई गुणस्तरीय उत्पादनको सृजनाकर्ताबाट प्रविधि र हाम्रो डिजाइन दर्शनद्वारा सशक्त परिवर्तनवादी उत्पादनहरूका निर्मातामा रूपान्तरण गरेका छौं,” सन् २०२१ को भिभो विकासकर्ता सम्मेलनमा आविष्कारहरु तर्फ अग्रसर गर्ने कम्पनीको प्रयोगकर्ताउन्मुख रणनीतिको महत्वलाई विशिष्ट रुपमा दर्शाउदैं भिभोका वरिष्ठ उपाध्यक्ष शि युजियानले बताए ।

Prabhu
Crest

“हामी आशा गर्छौं कि हाम्रा प्रयोगकर्ताहरूले भिभोप्रतिको आफ्नो दृष्टिकोणलाई भिभो उत्पादनहरू छनौट गर्ने बाट भिभो उत्पादनहरूलाई माया गर्ने मा रूपान्तरण गर्नेछन् । र, हाम्रा सन्तुष्टित प्रयोगकर्ताहरूलाई हामी उत्पादन एम्बेसेडरमा परिणत हुने आशा गर्छौं, जसले हाम्रा उत्पादनहरू आफ्ना साथीहरू र परिवारलाई प्रयोग गर्न सल्लाह दिनेछन् । हाम्रा उत्पादनहरू मार्फत, हामी एक उच्च पहिचान योग्य र अद्वितीय ब्रान्ड निर्माण गर्दैछौं,” उनले भने ।

१) कम्प्युटिङ प्रदर्शन
कम्प्युटिङ कार्यसम्पादनलाई अझ राम्रो बनाउन र पावर खपतको दक्षता बढाउनको लागि, भिभोले उच्च रियल–टाइम कम्प्युटिङ इन्जिन, इन्टेलिजेन्ट शेड्युलिङ कम्प्युटिङ इन्जिन र उच्च गतिको डाटा–चेजिङ–लोडिङ कम्प्युटिङ इन्जिन सहित कम्प्युटिङ इन्जिनहरू डिजाइन गरेको छ । भिभोका उपाध्यक्ष तथा भिभो आर्टिफिसियल इन्टेलिजेन्स ग्लोबल रिसर्च इन्स्टिच्युटका प्रमुख झोउ वेईले कार्यक्रममा त्यसलाई पेश गरेका थिए ।

२) मेमोरी व्यवस्थापन
भिभोले मेमोरी व्यवस्थापन दक्षता र कार्यसम्पादन बढाउन नवप्रवर्तनमा लगानी गरेको छ । सिस्टम रेसिडेन्ट मेमोरी लाइफ साइकल, एप्लिकेसन मेमोरी नियतन, र डिर्याम र एसओसी आन्तरिक केशको व्यापक व्यवस्थापन सुनिश्चित गर्न कम्पनीले एक स्वतन्त्र भर्चुअल केश इकाईलाई अनुकूलित गरेको थियो ।

३) अद्वितीय एन्टेना आरएफ डिजाइन
उपभोक्ताहरूले धेरै पटक आफ्नो स्मार्टफोनमा सिग्नल र कमजोर नेटवर्क जडान समस्याको सामना गरेका छन् । ह्यान्डहेल्ड उपकरण भएकोले, स्मार्टफोनले केही अवस्थाको कारण सिग्नल अवरोधको सामना गर्छ । यो हालै भिभोको आधुनिकतम नवीनता, अद्वितीय एन्टेना आरएफ डिजाइनले समाधान गरेको छ । यो आविष्कारले प्रयोगकर्ताहरूले सामना गरेको कुनै पनि संकेत अवरोध समाधान गर्दछ र प्रयोगकर्ता अनुभव सुधार गर्दछ । यसको साथै, एआई प्रविधिले घरमा भिडियोहरू हेर्दा भिडियो शटरिङ र बाहिर कम नेट स्पीड सहित, वाईफाई सिग्नल कमजोर हुँदा पहिचान गर्न सक्छ । कमजोर वाईफाई सिग्नलको सामना गर्दा ठूलो मात्रामा फ्रिजिङ दर घटाउँदै, राम्रो इन्टरनेट अनुभव सुनिश्चित गर्न प्रणालीले बुद्धिमानीपूर्वक उत्तम नेटवर्क चयन गर्न सक्छ ।

४) आईओटी इकोसिस्टम
भिभोको आईओटी इकोसिस्टम पनि यसको प्राविधिक उन्नतिले सशक्त बनाइएको छ जसले उपकरणहरूको जडान, डाटा प्रवाहको दक्षता र द्रुत एपहरूलाई अपग्रेड र अप्टिमाइज गर्दछ, जसले प्रयोगकर्ताहरूलाई थप आनन्ददायक स्मार्ट होम अनुभव प्रदान गर्दछ । भिभोले आफ्नो आईओटी इकोसिस्टम अन्तर्गत चीनमा लगभग ६० वटा स्मार्ट ब्रान्डहरूसँग सहकार्य गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS