IME Life

बीमा बजारीकरणका आधार र प्रभावित पार्ने तत्वहरुः सुभाष कोईरालाको लेख

SPIL
NIC ASIA

बजार एक चलायमान प्रकृतिमा बगेको खोेलो जस्तै हो । हिजोको अवस्थाले आज टिक्न दिदैन, जसले व्यापार व्यवसायको उभो लाग्ने गतिलाई अवरोध सिर्जना गरि अपेक्षाकृत अघि बढ्न रोक्दछ । यसको अर्थ हो, समयानुुकुुल ढंगमा बजारका विविध अवयवहरुसंग पौठेजोरी नखेलि सुुखै छैन् । अनि मात्र बजारमा आफ्नो हिस्सा कायम गर्न र टिक्न सहज हुुने गर्दछ भन्ने मान्यता सत्य भैसकेको अवस्था छ ।

बीमाको क्षेत्रलाई बजारीकरण मार्फत मात्र प्रभावित गर्न भने जस्तो सरल छैन् न त त्यति कठिन नै । यसका लागि प्रभाव पार्ने तत्वहरुको अध्ययन, अनुुसन्धान हुुनु मात्र जरुरी छैन् । तत्वहरु प्रति गम्भीर तवरले मनन गरि व्यवहारिक कार्यान्वयनका लागि अग्रसर रहि कार्य गर्नु अत्यन्त जरुरी ठानिन्छ ।

Prabhu
Crest

विज्ञापन विना व्यवसाय शून्य हुुने विषय नौलो रहेन । आजको जमानामा विज्ञापन नगर्ने वा नबजाउने बीमक सायदै होलान् । चाहे छापामा होस वा श्रव्य दृश्य अथवा अनलाईन मिडियामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विज्ञापन भईराखेकै हुुन्छ । तर विज्ञापन भैरहेतापनि उचित रुपमा व्यवसायमा वृद्धि हुुने अवसर भने कमै बीमकहरुले पाएका छन् । सरल भाषामा उनिएका शब्दजाल, लोककण्ठमा रम्ने मिठासपना, तात्विक अर्थ दिने शैलीको प्रस्तुति तथा ग्राहकमैत्री हुुने खालका परिदृश्यहरुले सेवा लिन प्रेरित गर्ने गरेको तथ्यहरुले बजारीकरणलाई कसरी प्रभाव पार्न सक्दा रहेछन् भनि हेर्न विविध अनुुसन्धानबाट पुुष्टयाई भैसकेको हुुदा विज्ञापनको खर्च तथा मात्रा तथा सो मा गरेको लगानीले बजारमा प्रभाव जमाउन सक्ने विषयलाई उठाईरहनुु सान्दर्भिक नभएतापनि बजारीकरणलाई प्रभाव पार्ने प्रमुुख तत्वको रुपमा लिने गरिन्छ ।

अभिकर्ता उत्पादन तथा सक्रियता बीमकहरुको प्राथमिक कार्य भएको भएतापनि विभिन्न बीमकहरु अभिकर्ता उत्पादनमा अग्रगामी रुपमा छला¨ मार्दे रहेको तथ्य बीमकहरुले प्रदान गरेको तालिमबाट उजागर भैसकेको छ । तर अभिकर्ता उत्पादनमा व्यहोरेको लगानीको अवस्थाले निजहरुको सक्रियपनामा कमी आउनुु र व्यवसाय ल्याउने क्षमता विकाश हुुन केहि समय लाग्ने अवस्थाले अभिकर्ता तालिमप्रति सकारात्मक धारणा कम हुुने गरेको देखिन्छ । अझ लगानीलाई खर्चको रुपमा हेर्ने प्रवृत्तिले भने तालिम नै न्यून संख्यामा गर्नुु पर्ने अवस्था देखिन्छ ।

अतः तालिम पश्चात समय समयमा निजहरुलाई पुुर्नताजगी तालिम सञ्चालन गराई परिवर्तन भएका र अत्यावश्यक विषयहरुबारे तालिम प्रदान गर्नुुपर्दछ । यसले अभिकर्तामा नया सञ्चार ल्याउने र व्यवसाय बढाउन हौसला प्रदान गर्ने गरेकाले विविध बीमकहरुले लाभ लिन सकेका देखिन्छन् । जसले बीमकमा व्यवसाय जसातसो ल्याउने भएतापनि स्वयं अभिकर्ताहरु मार्फत समेत बीमक प्रति सकारात्मक सोच राख्न नसक्ने हुुदा बजारीकरणलाई प्रभाव पार्ने अर्को प्रत्यक्ष आधार बनेको छ ।

अण्डरराईटिङ्ग  प्रकृयाले समेत बजारीकरणमा प्रभाव पार्ने रहेछ भन्दा छक्क पर्नुुपर्ने अवस्था आज परिवर्तन भएको छ । यसले सेवामा तत्परता, सिघ्रता,यथार्थता तथा छरितोपन कति छ भन्ने दर्शाउछ । छोटो समयमा सिघ्र तवरले सूूचना प्रविष्ट गरि प्रकृयागत तवरबाट अण्डरराईटि¨ प्रकृया सम्पन्न गरि बीमाशुुल्क भुुक्तानी पश्चात बीमालेख जारी गरि हस्तान्तरण गर्न सके छरितो बजारीकरण हुुन सक्ने भएको देखिएबाट अण्डरराईटि¨ प्रकृया पनि बजारीकरणलाई प्रभाव पार्ने तत्वका रुपमा लिने गरिन्छ ।

बोनस दर बजारीकरणलाई प्रभाव पार्ने अर्को प्रमुुख तत्व हो । बीमितले बीमा गरि जोखिम हस्तान्तरण गरे वापत अवधि भुुक्तानी पश्चात प्राप्त गर्ने बीमांक बाहेकको अतिरिक्त रकम जति बढी प्रदान गर्न सकियो त्यति नै बढी व्यवसाय हुुने सम्भावना भएकाले न्यूून बोनस भएका बीमकहरु भन्दा तुलनात्मक रुपमा अधिक बोनस प्रदान गर्ने बीमकहरुको व्यवसाय बढी हुुने गर्दछ । अतः बोनस पनि बजारीकरणमा प्रभाव पार्ने अर्को तत्वको रुपमा अगाडि आउने गर्दछ ।

लेखा परीक्षण पनि बजारीकरणलाई प्रभाव पार्ने तत्वको रुपमा लिईन्छ । आन्तरिक लेखा परीक्षण समयमा सम्पन्न गरे तापनि अन्तिम लेखा परीक्षण सम्पन्न नगर्दा सम्मको अवस्थाले लेखा परीक्षण सम्पन्न भएको मान्न सकिन्न । अतः लेखा परीक्षण सम्पन्न हुुदाको अवस्था र नहुुदाको अवस्थाले बजारीकरणलाई प्रभाव पार्ने गरेको र व्यवसायमा फरकपन देखिने गरेको विभिन्न अध्ययनले देखाएकोले यो पनि एक प्रभाव पार्ने तत्वको रुपमा लिने गरिन्छ ।

सम्पत्ति तथा दायित्वको मूूल्यांकन बजारीकरणको प्रमुुख तत्वको रुपमा लिने गरिन्छ । बीमकको सम्पत्ति तथा दायित्वको मूूल्यांकनलाई निजहरुको अनुुपातमा मापन गर्ने गरिने भएकोले उक्त मूूल्यांकन १ः१.५ भन्दा बढी अनुपातमा भएको भए बीमकको स्वस्थता दर्शाउने गर्दछ । नाम चलेका बीमकहरुको अनुपात १ः३ गुुणा सम्म भएको पाईएकोले कम्पनी हरेक दृष्टिकोणमा स्वस्थ छ भन्ने अर्थ लाग्दछ । यसले पनि बजारीकरण गर्न सहज हुुने भएकोले यो पनि एक बजारीकरणलाई प्रभावित गर्ने आधार हो भन्ने मान्न सकिन्छ ।

एक्चुुरियल मूूल्यांकन वार्षिक रुपमा गराउनुु, योजना अनुसारको बोनस दर कायम गराउनुु, कोषको वास्तविक स्थितिबारे हालको अवस्था अनुसार जोखिम वहन गर्न कतिको सक्षम छ भन्ने यकिन गर्नुु पर्दछ । यसले गर्दा आफ्नो स्थान पहिल्याउन समेत सकिने भएकोले यो पनि बजारीकरणलाई प्रभाव पार्ने एक गहन आयाम हुुने गर्दछ ।

दावी भुुक्तानी सहज रुपमा प्रदान गर्ने बीमक खोजि खोजि बीमा गरिने प्रचलन मौलाउदै गएको अवस्थामा कम समयमा, विना झन्झट, सहयोगी तथा मैत्रीपूूर्ण वातावरण मार्फत कुुनै पनि दावी भुुक्तानी गर्ने गरिएमा बजारमा सकारात्मक सन्देश प्रवाह गर्न हौसला प्रदान गर्ने गर्दछ । यसबाट बीमकमा बीमा गरेपश्चात दावी प्राप्त गर्न झन्झटरहित भएको कारणले राम्रो बजारीकरणको सन्देश प्रवाह हुुने गर्दा यो अर्को प्रभाव हुुने गर्दछ ।
प्रतिशेयर आम्दानी बजारकिरणको अर्को सकारात्मक सन्देश दिने आयम हो । जुुन बीमकले राम्रो नाफा कमाउछ अनि प्रतिशेयर आम्दानी बढाउन वा उच्च कायम गर्न सक्षम हुुन्छ,त्यस्ता बीमकहरुको बजारीकरण राम्रो हुुने गरेको हुुदा लगानीकर्ताको तर्फबाट समेत सकारात्मक सन्देश प्रवाह गर्न सक्षम हुुने भएकोले यो अर्को तत्व भएको मान्न सकिन्छ ।

लाभांश दरको क्षमताले समेत लगानीकर्ताको तर्फबाट राम्रो बजारीकरण गर्न सक्ने भएकोले बीमकले गर्ने आय, सञ्चालन खर्च, नाफा तथा सो बाट प्रदान गर्ने लाभांश दरले बीमकको शाखमा असर पार्ने गर्दछ । यसले लगानीकर्तालाई समेत भरोसा गर्न लायक बनाउने भएकोले यो पनि लगानीकर्ता मार्फत बजारीकरणका लागि अर्को प्रभाव पार्ने तत्व हो ।सेवाको गुुणस्तरता सेवाग्राहीले अनुुभूूति गर्ने प्रत्यक्ष माध्यम हो । छरितो तवरबाट न्यूून समयमा सिघ्रतापूर्वक सहि ढंगले सेवा प्रदान गर्न सके बजारीकरणमा थप सहयोग हुुन जाने हुुदा यो एक महत्वपूर्ण आधारको रुपमा रहेको मान्न सकिन्छ ।

निष्कर्षः बीमकहरुले बजार चलायमान हुुने का आधारहरु प्रति के कति मात्रामा ध्यान पुु¥याई कार्य अगाडि बढाईरहनुुभएको छ ? हाम्रा सामू आउने क्रम जारी छ । वर्तमान बजारको अवस्था, बीमकको क्षमता, व्यवसायको सम्भावना तथा अवसरलाई छोप्दै न्यूनतम प्रतिशतमात्र कायम राख्न सके बीमकको बजार दीर्घकालसम्म सुुरक्षित हुुन जाने देखिन्छ । अन्यथा संघर्ष गर्न नसक्नेहरु बजारबाट लोप भएर जानेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS