IME Life

अमेरिकी अदालतले इयरप्लग उत्पादक थ्रीएमविरुद्धकाे मुद्दामा रू १३ अर्ब ४७ कराेड क्षतिपूर्ती दिलायाे

SPIL
NIC ASIA
काठमाण्डाैं । दुई अमेरिकी वरिष्ठ सैनिकले सैनिककाे लागी इयरप्लग उत्पादक थ्रीएमविरुद्ध दायर गरेकाे मुद्दामा कुल ११ कराेड अमेरिकी डलर- (१३ अर्ब ४७ कराेड रूपैयाँ) क्षतिपूर्ती पाउने भएका छन् ।
इयरप्लग बाहिरी ध्वनी प्रदुषण राेक्नकाे लागी यूद्ध मैदान वा उच्च ध्वनी प्रदुषण हुने उद्याेगका मजदुरले लगाउने उपकरण हाे ।
फ्लोरिडाको उत्तरी जिल्लाको लागि अमेरिकी अदालतले गत साता गरेकाे फैसलामा त्रुटीपूर्ण उत्पादनकाे प्रयाेगकाे कारण यूद्ध मैदानमा खटिएका सैनिकले श्रवणशक्ति पूर्णरूपमा गुमाएकाे विषयमा दायर भएकाे मुद्दामा फैसला सुनाउँदै क्षतिपूर्ती र जरिवाना गरेकाे हाे ।
सैन्य प्रयाेजनकाे लागी उपकरणहरूकाे उत्पादन र आपूर्ती गर्दै आएकाे थ्रीएम विरूद्ध फैसला गर्दै अदालतले दुइ सैनिकलाइ जनही १ कराेड ५० लाख अमेरिकी डलर क्षतिपूर्ती र जनही ४ कराेड अमेरिकी डलर दण्डात्मक क्षतिविरूद्ध उपलब्ध गराउनकाे लागी आदेश गरेकाे हाे ।
अमेरिकी सैनिक रोनाल्ड स्लोन र विलियम वेम्यानले “इराक र अफगानिस्तानमा तालिम र तिनीहरूको तैनातीका क्रममा इयरप्लगहरू प्रयोग गरेका बेला श्रवणशक्ति गुमाएका थिए । दोषपूर्ण इयरप्लगबारे सैनिकहरूकाे सुनुवाइमा पछिको क्षतिको बारेमा करिब ३ लाख मुद्दा सामुन्ने आएका छन् । जुन अमेरिकी इतिहासमै सबैभन्दा ठूलो सामूहिक ठगी मध्ये एक भएकाे टाइम्स म्याग्जिनले उल्लेख गरेकाे छ ।
हालसम्म १० वटा मुद्दाको फैसला भइसकेको छ। आधा १.७ देखि २२.५ मिलियन अमेरिकी डलरसम्मको पुरस्कार सहित वादीहरूको पक्षमा फैसला भएका छन् । अन्य पाँचवटामा थ्रीएमले मुद्दा जितेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS