IME Life

चिकित्सा पेशा छाडेर अभिकर्ता बनेका नगेन्द्र श्रेष्ठ सिंगो परिवारकै जीवन रक्षा गर्दै

SPIL
NIC ASIA

काठमाडौं । २०६० सालमा बीमा गरेका नगेन्द्र श्रेष्ठले साथीभाईको लहलहैमा लागेर अभिकर्ताको लाइसेन्स लिएका थिए । तर बीमा बारे यथेष्ठ जानकारी नहुँदा उनले यो पेशालाई चासो दिएनन् । पेशाले उनी आयुर्वेद चिकित्सक थिए । बिरामीको ज्यान जोगाउनु उनको धर्म थियो । चिकित्सा क्षेत्रमा दत्तचित्त भएर लागेका नगेन्द्र विगत ३ वर्षदेखि भने अभिकर्ता पेशामा संलग्न छन् । चिकित्सा पेशाबाट एक जना बिरामीको ज्यान जोगाउने नगेन्द्रले बीमा गराए बापत सिंगो परिवारकै जीवनको रक्षा गर्न सकिने ज्ञान पाएपछि उनी चिकित्सा क्षेत्रलाई छाडेर बीमा अभिकर्ता क्षेत्रमा सक्रिय बनेका हुन् ।

Prabhu
Crest

नगेन्द्रको अभिकर्ता यात्रा

नगेन्द्रले तीन वर्षअघि आइएमई लाईफ इन्स्स्योरेन्सबाट अभिकर्ता लाक्ष्सेन्स लिएका थिए । करिब एक वर्षसम्म चिकित्सक पेशासँगै अभिकर्ता पेशालाई निरन्तरता  दिएका थिए  । एकातिर एक जनाको बीमा गराउँदै  गर्दा सपरिवारकै  आर्थिक पाटो बलियो हुने । अर्कोतर्फ अभिकर्ता स्वयमकै आर्थिक पक्ष बलियो हुने भएपछि अभिकर्ता पेशालाई नै मुख्य पेशा बनाउने योजना बनाएको नगेन्द्र बताउँछन् । एक वर्षसम्म पार्ट टाइमको रुपमा काम गर्दा उनले बार्षिक २० लाखसम्म आम्दानी गर्न सफल बनेका थिए । आम्दानी राम्रै हुने भएपछि विगत दुई वर्षदेखि भने उनले गर्दै आएको चिकित्सा पेशालाई छाडेर अभिकर्ता पेशामै केन्द्रित छन् ।

विर्तामोडका नगेन्द्र अभिकर्ता पेशामा लाग्नुअघि तीनवटा क्लिनिकमा चिकित्सकको रुपमा काम गर्दथे । आयुर्वेदको माध्यमबाट विभिन्न रोगको उपचार गराउँदै आएका थिए उनले । उनले उपचार गराउँदा एक जना विरामीको ज्यान जोगिन्थ्यो । उपचारबाट ज्यान जोगाउने धर्म कमाउँदै आएका उनले बीमाको बारेमा सम्पूर्ण जानकारी लिएपछि भने सपरिवारकै ज्यान जोगाउन सक्ने, आर्थिक संकटलाई समाधान गर्न सकिने राम्रो पाटो बीमा क्षेत्रमा देखे । फलस्वरुप उनले करिब एक करोड बराबरको रकमबाट बीमा सुरु गरेका थिए । जसपश्चात उनले अभिकर्ता पेशाबाट कहिल्यै वितृष्णको भाव महसुस गर्न नपरेको उनी बताउँछन् ।

दुई वर्षदेखि निरन्तर अभिकर्ता पेशाको यात्रामा रहेका नगेन्द्र बीमा पोलिसी बोकेर देशको विभिन्न स्थानमा पुग्ने गरेका छन् । कामको सिलसिलामा हरेक गाउँ शहर घुम्ने उनले आफूलाई थप सहयोग मिल्नेगरि आफ्नी श्रीमतिलाई पनि अभिकर्ता पेशामै संलग्न गराएका छन् ।  जस अनुरुप उनकी श्रीमति मिना गुरुङ श्रेष्ठ आइएमई लाइफ इन्स्योरेन्सबाट दुइ पटक एमडीआरटी बन्न सफल भइसकेकी छिन् । नगेन्द्रको साथ सपोर्ट र श्रीमतिको लगनशिलताले यो सफलता हात परेको नगेन्द्र बताउँछन्  ।

१८ जनालाई एमडीआरटी बनाउन सफल

आइएमई  लाईफको प्रदेश नम्बर १ को हरेक गतिविधिमा नगेन्द्र आफै अघि बढ्ने गरेका छन् । उनले आफू अभिकर्ता बनेपछि २१  ज्नाको टिमलाई सम्हाल्दै आएका छन् । तीनै २१ जनामध्ये १८ जना भने एमडीआरटी बन्न सफल भइसकेको नगेन्द्रको भनाई छ । आफ्नो टिममा मिहिनेत र लगनशीलताका साथ काम गर्ने अभिकर्ता भएकोले आफूले पनि यो सफलता प्राप्त गरेको उनको जिकिर छ । तीनै १८ जनामध्ये उनकी श्रीमती मिनाले दुई पटक एमडीआरटी बन्न सफल भएकी उनी बताउँछन् ।

पहिले नमस्ते गर्दै आउँथे, अहिले नमस्ते गर्दै जान्छन् नगेन्द्र

चिकित्सा पेशा आफैमा एक सम्मानित पेशा हो । चिकित्सकलाई भगवानको दर्जा दिने गरिन्छ । नगेन्द्रको चिकित्सक यात्रामा थुप्रैले उनलाई नमस्ते गर्दै सेवा लिन आए । तीनवटा क्लिनिकबाट उनले हजारौंलाई सेवा दिए । तर जब उनी अभिकर्ता पेशामा संलग्न भए, उनी आफै नमस्ते गर्दै बीमितको घरदैलो पुग्ने गर्छन् । नमस्ते गर्दै आउँदा र नमस्ते गर्दै जानुपर्दा दुवै नमस्तेले उनलाई सन्तुष्टि दिएको उनको भनाई छ । अभिकर्ता र चिकित्सक पेशा दुवै सेवाको पेशा भएकोले आफू निरन्तर सेवा क्षेत्रमै रहेको नगेन्द्र बताउँछन् ।

नगेन्द्रको अनुभवमा नेपालमा अझैपनि बीमा बारे ज्ञानको अभाव छ । बीमाको प्रत्यक्ष फाइदाबारे एकदमै थोरैले मात्र थाहा पाएका छन् । जसले गर्दा अभिकर्ता पेशामा केही चुनौती आउने गरेको उनको भनाई छ । अधिक भन्दा अधिक बीमाको बारेमा बुझाउनुपर्ने, धेरैले बुझ्नै नखोज्दा भविष्यमा आइपर्ने आर्थिक संकटलाई व्यवस्थापन गर्न धेरै नेपाली चुकेका छन् । परिवारमा एक जना सदस्यले मात्रै बीमा गराएमा सिंगो परिवार निकट भविष्यमा सिंगो परिवारले नै आर्थिक संकटको सामना गर्न नपर्ने भएकोले बीमाबारे ज्ञान बढ्न जरुरी रहेको उनको भनाई छ । जसकारण उनी नेपालका विभिन्न स्थानमा गई बीमा ज्ञान बाँड्न लागि परेको उनी बताउँछन् ।

नगेन्द्रका अनुसार अभिकर्ताहरुले बीमा कम्पनी, बीमित र राज्यलाई नै  आर्थिक टेवा दिने गरेका छन् । अभिकर्तामा लगनशीलता, कामप्रतिको उत्तरदायित्व, धैर्यता र सेवाको भावना भएमा कहिल्यै पछाडी फर्केर हेर्न नपर्ने उनको अनुभव छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS